। समलिंगी सम्बन्धलाई वैधानिकता नदिने विश्वको एक मात्र लोकतान्त्रिक मुलुक हो जापान । थोरै सेलिब्रेटीले मात्र खुलेर आफू समलिंगी रहेको बताएका छन् । त्यहाँको पुरातनवादी समूहले लैंगिक अल्पसंख्यक समुदायलाई संरक्षण गर्न भइरहेका विधायिकी प्रयासको खुलेर विरोध गर्दै आएका छन् ।
तर अब नेटफ्लिक्सले जापानमा पहिलोपटक समलिंगी डेटिङ रियालिटी श्रृंखला सुरु गर्दैछ । ‘द ब्वायफ्रेन्ड’ नाम दिइएको १० एपिसोडसम्मको सिरिजको स्ट्रिमिङ आज (मंगलबार)देखि सुरु हुँदैछ । टोकियो बाहिरको एउटा लक्जरी बिच हाउसमा नौ जना पुरुष प्रतिस्पर्धीलाई राखिएको छ ।
नेटफ्लिक्सको यो श्रृंखलाले हामीलाई जापानको रोमान्टिक रियालिटी शो ‘टेरेस हाउस’को सम्झना गराउँछ, जहाँ विनम्र सदस्य घरभित्र प्रतिस्पर्धीको रुपमा सहभागी थिए । यो डेटिङ शोको आभा एकदमै शुद्ध देखिन्छ ।
२२ देखि ३६ वर्ष उमेर समूहका पुरुष दिनमा कफी पिउँछन् र रातमा खाना पकाउँछन् । कहिलेकाहीं घुम्न बाहिर निस्कन्छन् । यो शोको सबैभन्दा ठूलो विवाद क्लब नर्तकको लागि प्रोटिन सेक बनाउन र कुखुराको काँचो मासु किन्ने कुरा वरपर घुम्छ ।
यसमा यौनको कुरा विरलै आउँछ । मित्रता र आत्मसुधार रोमान्सको मुख्य प्राथमिकतामा छन् । सिरिजका कार्यकारी निर्माता दाई ओटा ‘द ब्वायफ्रेन्ड’ मार्फत आफूले समलिंगी सम्बन्धलाई आफूले वास्तविकता जस्तै चित्रण गर्न चाहेको बताए ।
‘द ब्वायफ्रेन्ड’ले दक्षिण कोरियाली, ताइवानी र बहुजातीय सम्पदाका सदस्यलाई विविध तरिकाले प्रतिनिधित्व गर्ने बताउँछन् । समलिंगी सम्बन्धको मुद्दामा जापान पछि परेको भएपनि आफ्नो उद्देश्य चाहिं यो सिरिज मार्फत राजनीतिक टिप्पणी गर्नु नरहेको बताउँछन् ।
जबकि ‘द ब्वायफ्रेन्ड’ जापानमा बनाइएको पहिलो समलिंगी डेटिङ रियालिटी शो हुनसक्छ तर यसअघि नेटफ्लिक्समा यसअघि ‘द अल्टिमेटम : क्वीयर लभ’ सहित क्वीयर डेटिङ शोको संख्यामा वृद्धि भएको छ ।
बीबीसीमा ‘आई किस्ड अ ब्वाय’ र ‘आई किस्ड अ गर्ल’, एप्पल टिभी प्लसमा ‘फर द लभ अफ डिल्फ्स’ र दक्षिण कोरियामा ‘हिज म्यान’ समावेश छन् । ‘द ब्वायफ्रेन्ड’का कास्टिङ निर्देशक समेत रहेका समलिंगी मोडल तथा सामाजिक सञ्जालका इन्फ्लुएन्सर ताइकी ताकाहासीले यो शोबाट आफूले धेरै आशा लिएको बताए ।
टोकियोस्थित नेटफ्लिक्स कार्यालयमा अन्तर्वार्तामा बोल्दै उनले भने, ‘हामी समाजलाई परिवर्तन गर्न चाहँदैनौं । तर म चाहन्छु धेरै मानिसले कुनै प्रभाव महसुस गरुन् ।’
टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानकी नयाँ प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टी (LDP) की अध्यक्ष ताकाइचीले आफ्नो कार्यकालको पहिलो ठूलो कूटनीतिक परीक्षा सामना गर्न लागेकी छन्। उनी अक्टोबर २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो शिखर बैठक गर्ने तयारीमा छन्। यस भेटका क्रममा ट्रम्पले जापानसँग रक्षा खर्च सकल गार्हस्थ उत्पादन (GDP) को ३.५% ...
ओसाका, अक्टोबर १० (न्युज अन जापान) — ओसाकाको नाकानोशिमा क्षेत्रमा अक्टोबर १० बाट एक अनौठो अनुभव सुरु भएको छ — “स्काई रेस्टुरेन्ट”, जहाँ पाहुनाहरूलाई जमिनबाट ४० मिटर माथि झुन्डिएर खाना र पेय पदार्थको मजा लिन मिल्नेछ। यो रेस्टुरेन्ट अनुभव जापानको कान्साई क्षेत्रमा पहिलोपटक ल्याइएको हो, जुन यसअघि बेलायत, फ्रान्स, जर्मनी, चीनसहित ६५ भन्दा बढी देशहरूमा ...