मुख्य समाचार
गौतम गम्भीर बने भारतको नयाँ मुख्य प्रशिक्षक
गौतम गम्भीर बने भारतको नयाँ मुख्य प्रशिक्षक

– भारतले नयाँ मुख्य प्रशिक्षकको रुपमा गौतम गम्भीरलाई नियुक्त गरेको छ । आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जितेसँगै राहुल द्रविडको भारतीय क्रिकेटमा मुख्य प्रशिक्षकको अवधि सकिएको थियो । बीसीसीआईका सचिव जय शाहले गम्भीर अब भारतको नयाँ मुख्य प्रशिक्षक बनेको जानकारी दिएका छन् ।

भारतले सन् २००७ को टी-२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जित्दा गम्भीरको योगदान महत्वपूर्ण थियो । उनको कप्तानीमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०२४ मा कोलकाताले आईपीएलको उपाधि जित्दा उनी मेन्टरको रुपमा थिए ।

उनको भारतीय क्रिकेटमा सम्झौता २०२७ डिसेम्बरसम्म हुनेछ । यसै महिनाको अन्तिमदेखि श्रीलंका भ्रमणमा तीन टी२० आई र ओडीआई सिरिजबाट गम्भीरले भारतीय टोली सम्हाल्ने छन् ।

४२ वर्षीय बायाँ हाते ब्याटर गम्भीर भारतका एक सफल ओपनर समेत हुन् । उनले भारतबाट ५८ टेस्ट, १४७ ओडीआई र ३७ टी-२० आई खेल खेलेका थिए । २०२१ को टी-२० विश्वकपपछि राहुल द्रविडले भारतको मुख्य प्रशिक्षक सम्हालेका थिए ।

द्रविडको मुख्य प्रशिक्षकमा भारतले २०२३ को एसिया कप उपाधि, २०२३ को एकदिवसीय विश्वकप फाइनलमा पराजित र २०२४ को टी-२० विश्वकप उपाधि जितेको थियो । भारत युवा खेलाडीको साथ अघि बढ्ने भएपछि टी२० विश्वकप जितेसँगै कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टी२० आईबाट सन्न्यास लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...