मुख्य समाचार
काभा यु-२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग
काभा यु-२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

। माल्दिभ्समा हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग पहिलो खेल खेल्ने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो ।

च्याम्पियनसिपमा कूल चार टोलीको सहभागिता रहेको छ । जसमा नेपालले पहीलो खेल जुलाई १८ मा श्रीलंकासँग खेल्नेछ । यस्तै दोस्रो खेल जुलाई २० मा कीर्गिस्तान तथा तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ ।

सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिता खेलाइनेछ र लिग चरणपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।

लिगमा शीर्ष हुने र चौथो हुनेबीच सेमिफाइनल हुनेछ । यस्तै दवस्रो र तेस्रो हुनेबीच अर्को सेमिफाइनल खेल हुनेछ ।

नेपालले उक्त च्याम्पियनसिपका लागि हाल तयारी गरिरहेको छ ।

केही दिनअघि भएकाे सहानाप्रधान स्मृति यु-१९ भलिबल प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा १२ खेलाडी छनोट गरिएको हो । नेपाली टोलीको प्रशिक्षकमा कुमार राई र अर्जुन घिमिरे छन् ।

मुख्य प्रशिक्षक कुमार राईले नेपालको लक्ष्य उपाधि जित्ने रहेको बताएका छन् ।

नेपाली टोली जुलाई १६ मा माल्दिभ्स प्रस्थान गर्नेछ ।



नेपाली टोली

सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

मुख्य प्रशिक्षक – कुमार राई

सहायक प्रशिक्षक – अर्जुन घिमिरे

टिम व्यवस्थापक – जुनु पुन

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...