मुख्य समाचार
युरो २०२४ को सेमिफाइनल खेल्ने चार टोली, कुन कस्तो ?
युरो २०२४ को सेमिफाइनल खेल्ने चार टोली, कुन कस्तो ?

। ‘मिनी विश्वकप’ मानिने युरो २०२४ को सेमिफाइनल खेल्ने ४ वटा टोलीको टुङ्गो लागिसकेको छ । २४ टिमबाट सुरु भएको खेलमा स्पेन, फ्रान्स, इंग्ल्यान्ड र नेदरल्यान्ड्स सेमिफाइनल पुगेका छन् ।

सेमिफाइनलमा स्पेन र फ्रान्स तथा नेदरल्यान्ड्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

यस पटक क्वाटर फाइनलमै हेभिवेट टिमहरूको भिडन्त भयो । आयोजक तथा ३ पटकको विजेता जर्मनी क्वाटरफाइनलबाटै बाहिरियो ।

क्वाटर फाइनलको तीन खेलको नतिजा अतिरिक्त समयमा टुङ्गो लाग्दा दुई खेल पेनाल्टी सुट आउटसम्मै पुग्यो ।

स्पेनले अतिरिक्त समयमा गोल गर्दै जर्मनीलाई २–१ ले पराजित गर्‍यो । अर्को क्वाटर फाइनलमा फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुट आउटमा हरायो ।

यस्तै इंग्ल्यान्डले पनि स्वीट्जरल्यान्डलाई हराउन पेनाल्टी सुट आउटकै सहारा लियो । नेदरल्यान्ड्सले पनि टर्कीलाई निर्धारित समयमै २–१ ले पराजित गरेको थियो ।

केही उपाधि दाबेदार टोलीहरू जर्मनी, पोर्चुगल, साविक विजेता इटली, बेल्जियम जस्ता टोलीको चुनौती समाप्त भइसकेको छ ।

जर्मनी र पोर्चुगल क्वाटर फाइनलबाटै बाहिरियो । साविक विजेता इटली अन्तिम १६ बाट अघि बढ्न सकेन । बेल्जियम पनि अन्तिम १६ बाटै बाहिरियो ।

यस पटक समूह चरणदेखि नै ठूला टिमबीच भिडन्त भयो । समूह चरणमा केही अप्रत्यासित नतिजासमेत आए । जर्जियाले पोर्चुगललाई हराउनु, अष्ट्रियाले नेदरल्यान्ड्सलाई हराउनु, स्लोभाकियाले बेल्जियमलाई हराउनु अप्रत्यासित नतिजा रहे । यस्ते साविक विजेता इटली प्रि–क्वाटर फाइनलमै स्वीट्जरल्यान्डसँग पराजित भयो ।

सेमिफाइनल ४ मध्ये तीन पूर्व विजेता र एक उपविजेता छन् । स्पेनले जर्मनीसँगै सर्वाधिक ३ पटक उपाधि जितेको छ । फ्रान्सले दुई तथा नेदरल्यान्ड्सले एक पटक उपाधि जितेका छन् । इंग्ल्यान्ड साविक उपविजेता हो र अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

स्पेन लगातार तीन मुख्य अन्तर्राष्ट्रिय उपाधि जित्ने एक मात्र टोली हो । स्पेनले सन् २००८ र २०१२ मा युरो तथा २०१० मा फिफा विश्वकपको उपाधि जितेको थियो ।

स्पेनले उपाधि जितेमा सर्वाधिक ४ पटक जित्ने पहिलो टोली बन्नेछ । फ्रान्सले जितेमा सर्वाधिक ३ पटक जित्ने स्पेन र जर्मनीको कीर्तिमान बराबरी गर्नेछ । यस्तै नेदरल्यान्ड्सले उपाधि जितेमा दोस्रो पटक च्याम्पियन बन्नेछ । इंग्ल्यान्ड ऐतिहासिक पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

१४ जुलाईमा बर्लिनमा हुने फाइनल खेल्ने ४ टोली

इंग्ल्यान्ड
समूह ‘सी’को विजेता
सर्वियाविरुद्ध १–० ले विजयी
डेनमार्कविरुद्ध १–१ को बराबरी
स्लोभाकियाविरुद्ध गोलरहित बराबरी
प्रि–क्वाटर फाइनलमा स्लोभेनियाविरुद्ध २–१ ले विजयी
क्वाटर फाइनलमा स्वीट्जरल्यान्डविरुद्ध पेनाल्टी सुट आउटमा ५–३ ले विजयी
नतिजा : उपविजेता २०२०, फाइनलमा पेनाल्टी सुट आउटमा इटलीसँग ३–२ ले पराजित ।
मुख्य खेलाडी : जुड बेलिङघम
हेर्नलायक खेलाडी : कोल पाल्मर
सर्वाधिक गोलकर्ता : ह्यारी केन र जुड बेलिङघम २–२ गोल

फ्रान्स
समूह ‘डी’ उपविजेता
अष्ट्रियाविरुद्ध १–० ले विजयी
नेदरल्यान्ड्ससँग गोलरहित बराबरी
पोल्यान्डविरुद्ध १–१ को बराबरी
अन्तिम १६ मा बेल्जियमविरुद्ध १–० ले विजयी
क्वाटर फाइनलमा पोर्चुगलविरुद्ध पेनाल्टी सुट आउटमा ५–३ ले विजयी
नतिजा : १९८४ र २००० मा विजेता ।
युरो २०२० नतिजा : पि–क्वाटर फाइनलमा स्वीट्जरल्यान्डसँग ५–४ ले पेनाल्टीमा पराजित
मुख्य खेलाडी : केलिएन एमबाप्पे
हेर्नलायक खेलाडी : ब्राडली बार्कोला
फ्रान्सले अहिलेसम्म १ मात्र गोल गरेको छ र त्यो एमबाप्पेले पेनाल्टीमा गरेका थिए ।

नेदरल्यान्ड्स
समूह ‘डी’मा तेस्रो
पोल्यान्डविरुद्ध २–१ ले विजयी
फ्रान्ससँग गोलरहित बराबरी
अष्ट्रियासँग ३–२ ले पराजित
अन्तिम १६ मा रोमानियाविरुद्ध ३–० ले विजयी
क्वाटर फाइनलमा टर्किविरुद्ध २–१ ले विजयी
नतिजा : १९८८ मा विजेता
युरो २०२० नतिजा : अन्तिम १६ मा क्रोएसियाँग २–० ले पराजित
मुख्य खेलाडी : मेम्फिस डिपाए
हेर्नलायक खेलाडी : जावी सिमोन्स
सर्वाधिक गोलकर्ता : कोडी गाक्पो ३ गोल

स्पेन
समूह ‘बी’को विजेता
क्रोएसियाविरुद्ध ३–० ले विजयी
इटलीविरुद्ध १–० ले विजयी
अल्वानियाविरुद्ध १–० ले विजयी
अन्तिम १६ मा जर्जियाविरुद्ध ४–१ ले विजयी
क्वाटर फाइनलमा जर्मनीविरुद्ध २–१ ले विजयी
नतिजा : १९६४, २००८ र २०१२ मा विजेता
२०२० को नतिजा : सेमिफाइनलमा इटलीसँग पेनाल्टी सुट आउटमा ४–२ ले पराजित
मुख्य खेलाडी : रोड्री
हेर्नलायक खेलाडी : लामिन यामल
सर्वाधिक गोलकर्ता : डानी ओल्मो र फाबियन रुइज २–२ गोल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...