मुख्य समाचार
फ्रान्समा वाम र मध्यमार्गी शक्ति मिल्दा दक्षिणपन्थी पराजित
फ्रान्समा वाम र मध्यमार्गी शक्ति मिल्दा दक्षिणपन्थी पराजित

। फ्रान्समा आइतबार सम्पन्न दोस्रो चरणको संसदीय निर्वाचनको नतिजाले वामपन्थी शक्तिलाई पहिलो शक्तिका रूपमा स्थापित गरेको छ ।

यो नतिजाले वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनको दोस्रो चरणको चुनावमा दक्षिणपन्थी न्याशनल र्‍याली (आरएन दल) लाई रोक्ने र वामपन्थी र मध्यपन्थी पार्टीहरूबीच रणनीतिक गठबन्धन बनाउने प्रयास सफल देखाएको छ ।




वाम गठबन्धन न्यू पपुलर फ्रन्ट (एनएफपी) १८२ सिटसहित पहिलो स्थानमा छ । पहिलो चरणको चुनावमा तेस्रो स्थानमा पुगेको इम्यानुअल म्याक्रोनको मध्यपन्थी पार्टी दोस्रो स्थानमा उक्लिएको छ भने पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी न्याशनल र्‍याली भने तेस्रो स्थानमा पुगेको छ ।

यद्यपि, तीनै शक्तिसँग स्पष्ट बहुमत नभएपछि फ्रान्समा त्रिशंकु संसद बनेको छ ।



पछिल्लो चार दशकमै सबैभन्दा बढी ६७ प्रतिशत भोट खसेको निर्वाचन परिणामअनुसार ५७७ सिट भएको नेशनल एसेम्ब्लीमा न्यू पपुलर फ्रन्ट (एनएफपी) ले १८२ सिट जितेको छ भने दोस्रो स्थानमा इम्यानुअल म्याक्रोन नेतृत्वको मध्यमार्गी गठबन्धनले १६८ सिट जितेको छ । कुनै पनि दल वा गठबन्धनलाई बहुमत हासिल गर्न २८९ सिट चाहिन्छ ।



पहिलो चरणमा निकै अगाडि देखिएको न्याशनल र्‍याली (आरएन दल) र सहयोगी दलहरू केवल १४३ सिटमा खुम्चिएका छन् ।

रिपब्लिकन र अरु दक्षिणपन्थी दलहरूले ६० सिट ल्याउँदा अरु वामपन्थी दलहरूले १३ सिट ल्याएका छन् । यीबाहेक पनि अन्यले ११ सिट जितेका छन् ।

चरम दक्षिणपन्थी शक्तिको उदय रोक्नका लागि वामपन्थी दलहरूबीच यसपटक चुनावी मोर्चा सम्भव भयो । यस प्रकारको चुनावी मोर्चा भएको सन् १९३६ यता पहिलो पटक हो ।

दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा फासीवादी शक्तिको उदयको भयले ती यसरी नै मिलेका थिए । तर, पाँचौं गणतन्त्रको संविधान बनेयताको ६६ वर्षमा कहिल्यै यति ठूलो आकारको वामपन्थी गठबन्धन बनेको थिएन ।

यो समीकरणलाई म्याक्रोन द्विपक्षीय बनाउन चाहन्थे जसका लागि वामपन्थी गठबन्धनलाई उनी मध्यमार्गी गठबन्धतिर तान्न चाहन्थे । पहिलो चरणमा यो सम्भव भएन तर दक्षिणपन्थको भयले दोस्रो चरणमा उनीहरूले रणनीतिक सहकार्य गरे र मतदाताले पनि यसलाई विकल्पको रूपमा स्वीकारे ।

फरक थियो पहिलो चरणको चुनावी नतिजा

पहिलो चरणको निर्वाचनमा चरम दक्षिणपन्थी पार्टी न्याशनल र्‍यालीले ३३.२ प्रतिशत मतसहित अग्रता लिएको थियो ।

आप्रवासी विरोधी न्याशनल र्‍यालीका नेता मरिन ले पेनले निर्वाचन परिणामप्रति उत्साहित हुँदै वर्तमान राष्ट्रपति इम्यानुअल म्याक्रोन गुट तहसनहस भएको बताएकी थिइन् ।

ले पेन यसअघि दुई पटकसम्म म्याक्रोनसँग प्रतिस्पर्धा गरेर पनि पराजित भएकी थिइन् । उनको जस्तै दोस्रो चरणको नतिजासँगै न्याशनल र्‍यालीले नयाँ प्रधानमन्त्रीको रूपमा अगाडि सारेका २८ वर्षीय जोर्डन बारडेलाको प्रधानमन्त्री बन्ने चाहना पनि अधुरै रहेको छ ।

चुनावी नतिजापछि उनले भनेका छन्, ‘हाम्रो दललाई विजयी हुनबाट वञ्चित गरिएको छ र फ्रान्सलाई अनिश्चितता र अस्थिरतातर्फ धकेलिएको छ।’

पहिलो चरणमा वामपन्थी गठबन्धनले २८.१ प्रतिशत र म्याक्रोनले २१ प्रतिशत मात्र मत प्राप्त गरेका थिए । यसअघि सार्वजनिक चुनावी सर्वेक्षणका नतिजाले पनि मरिन ले पेन नेतृत्वको न्याशनल र्‍यालीले सबैभन्दा धेरै सिट जित्ने देखाएका थिए ।



चुनावी सर्वेक्षणका नतिजा र पहिलो चरणमा चरम दक्षिणपन्थीहरूको अग्रतालाई लक्षित गर्दै धेरै राजनीतिक विश्लेषकहरूले फ्रान्स जस्तो ‘क्रान्तिकारी देश’ को आधुनिक कालखण्डमा दक्षिणपन्थको यो स्तरको विकासलाई अनपेक्षित भनेका थिए ।

तर, दोस्रो चरणको चुनावसम्म पुग्दा वामपन्थी शक्तिहरू नजिक हुँदा परिणाम थप रोचक बनेको हो ।

युरोपेली संसदको निर्वाचनमा अति दक्षिणपन्थीहरूसँग पराजय व्यहोरेपछि समय अगावै निर्वाचन घोषणा गरेका राष्ट्रपति म्याक्रोनले मत परिणामको विश्लेषण गरिएको र तत्काल प्रतिक्रिया नआउने संकेत गरेका छन् ।

त्रिशंकु संसद बनेसँगै फ्रान्समा गठबन्धन सरकार बन्ने भएको छ । यसका लागि न्यू पपुलर र राष्ट्रपति म्याक्रोनको दल मिलेर सरकार बन्न सक्ने आकलन फ्रान्सेली सञ्चार माध्यमले गरेका छन् ।

गृहनगरमै म्याक्रोनको हार

चुनावमा राष्ट्रपति म्याक्रोन र उनकी पत्नीले मतदान गरेको गृहनगरमा दक्षिणपन्थी पार्टीको उम्मेदवारले ४३ प्रतिशत मत ल्याएर जितेका छन् । जबकि म्याक्रोनको रिनेसां पार्टीका उम्मेदवारले केवल ३०.६६ प्रतिशत मत पाए ।

यद्यपि यो मत परिणामबाट राष्ट्रपति म्याक्रोनले राहतको सास फेरेका छन् । किनकि उनी ‘दक्षिणपन्थका उदाउँदा तारा’ भनिएका जोर्डन बर्डेलालाई प्रधानमन्त्री नियुक्त गर्न बाध्य हुनुपरेन ।

पहिलो चरणको चुनावमा अति दक्षिणपन्थी शक्ति निकै अगाडि देखिएपछि म्याक्रोनले वामपन्थीहरूसँग हात अघि बढाएका थिए । दुवै पार्टीले आफ्ना कैयौं उम्मेदवार फिर्ता लिएर अप्रत्यक्ष चुनावी तालमेल गरेका थिए ।

प्यालेस्टिनी राज्यलाई मान्यता

चार युरोपेली देश स्पेन, नर्वे, आयरल्याण्ड र स्लोभेनियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिइसकेको पृष्ठभूमिमा फ्रान्सको वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् । नयाँ सरकार बनेसँगै प्यालेस्टिनी राज्यलाई मान्यता दिइने वामपन्थी ब्लकका नेताले बताउन थालेका छन् ।

पहिलो दल भएको नाताले आगामी प्रधानमन्त्री न्यू पपुलर फ्रन्टबाटै हुने उक्त पार्टीका नेताहरूले बताउन थालेका छन् । यता, म्याक्रोनको पार्टीका वर्तमान प्रधानमन्त्री गेब्रियल अट्टलले राजीनामा दिने बताएका छन् ।

नतिजापछि पेरिसमा हिंसात्मक प्रदर्शन

फ्रान्सको संसदीय निर्वाचनको नतिजा सार्वजनिक भएपछि राजधानी पेरिसका केही स्थानमा हिंसात्मक प्रदर्शन भएको छ ।

वाम गठबन्धन पहिलो शक्तिमा स्थापित भएपछि हजारौं मानिसहरू पेरिसको सडकमा भेला भएका छन् ।

पेरिसमा सुरक्षा व्यवस्था कडा पारिएको छ र दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको छ।

बजारको प्रतिक्रिया

बीबीसीका अनुसार नयाँ चुनावी परिणामको तीब्र प्रभाव बजारमा परेको छ । यूरोको मूल्य ०.२ प्रतिशतले घटेर अब १.०८ डलर पुगेको छ। वामपन्थी शक्तिको आगमनले त्यहाँका लगानीकर्ता चिन्तित देखिएको प्रारम्भिक टिप्पणी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका छन् ।

सबैभन्दा धेरै सिट जितेको वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टले राष्ट्रपति इम्यानुयल म्याक्रोनले अगाडि सारेको सुधारवादी एजेन्डा अगाडि नबढाउने विश्लेषण सुनिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो । अमेरिकी संचारमाध्यम युएसए ...
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...