मुख्य समाचार
पोर्चुगलका ४ हजार नेपाली अनागरिक बन्ने डर
पोर्चुगलका ४ हजार नेपाली अनागरिक बन्ने डर

: पोर्चुगलमा बस्दै आएका रूपन्देहीका बालकृष्ण खनालको पासपोर्टको मिति २०२४ जुन १० गते सकियो, त्यहीँ बस्दै आएका स्याङ्जाका खेमप्रसाद भट्टराईको पनि २०२४ मे ३ मा पासपोर्टको मिति सकिएको छ। खनाल, भट्टराई त पासपोर्टको मिति सकिने प्रतिनिधि पात्रमात्रै हुन्।



यसरी पासपोर्टको मिति सकिने नेपालीको संख्या बढ्दै गएको भन्दै पोर्चुगलमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले सरकारको पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ। सरकारले त्यहाँ दूतावास खोल्ने निर्णय ग¥यो तर हालसम्म पनि खुलेको छैन। पासपोर्टको म्याद सकिने नागरिकको संख्या दिनानुदिन बढेको समयमा सरकार भने विभिन्न बहानाबाट आफ्ना नागरिकको जिम्मेवारीबाट उम्कन खोजेको छ।

पोर्चुगल पुगेका नेपाली नागरिकको हालको प्रमुख समस्या पासपोर्टको मिति सकिने रहेको र यस बारेमा पटकपटक सरकारको ध्यानाकर्षण गर्दा पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको एनआरएन पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्काको भनाइ छ। उनले भने ‘यहाँ यसरी पासपोर्टको म्याद सकिने नागरिक यहाँ तीन हजारको हाराहारीमा हुनुहुन्छ। एक महिनासम्म म्याद हुनेको संख्या पनि गणना गर्ने हो भने यसको संख्या चार हजारभन्दा बढी हुन आउँछ।’ पोर्चुगलको पीआर लिन बिनापासपोर्ट पोर्चुगल पुगेका नेपालीको संख्या पनि उत्तिकै रहेको अध्यक्ष खड्काको दाबी छ।




युरोप देशमा पीआर लिन अलि सजिलो देश पोर्चुगल भएको हुँदा यहाँ आउने नेपालीको संख्या दिनानुदिन बढ्दै गएको बताउने खड्काले अहिलेसम्म लगभग ६० हजार नेपालीको संख्या रहेको बताए।

पोर्चुगलमा रहेका नेपालीलाई फ्रान्समा रहेको नेपाली राजदूतले हेर्ने भए पनि पोर्चुगलमा बढ्दै गएको समस्य समाधान गर्न स्पेनमा रहेको नेपाली राजदूतावासले पनि पहल गरे पनि जनशक्ति अभावका कारण मागअनुसारको पासपोर्टको समस्य समाधान गर्न नसकिएको स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन्। उनले भनिन् ‘पोर्चुगलमा रहेका नेपालीको पासपोर्टको मिति सकिने समस्य दिनानुदिन बढ्दै गएको छ। फ्रान्समा रहेको नेपाली राजदूतावासबाट समस्य समाधान हुन कठिनाइ हुने भएपछि हामीले पनि त्यो काम थालेका थियौं तर जनशक्ति अभावमा पूरै काम गर्न सकिएको छैन।’

पोर्चुगलमा रहेका नेपालीको समस्यामा राज्य जानकार भए पनि बजेट अभावका कारण समस्य समाधान गर्न नसकिएको परराष्ट्र मन्त्रालयका सूचना अधिकारी अमृतबहादुर राईको भनाइ छ। उनले भने, ‘यस विषयमा हामी अवगत छौं, आवश्यक बजेट छैन त्यसैले पोर्चुगलमा रहेका नेपालीको समस्य समाधान गर्न सकेका छैनौं।’ पोर्चुगलमा रहेका नेपालीको मुख्य समस्य पासपोर्ट नवीकरण रहेको भन्दै राईले यसको लागि फ्रान्स र स्पेनमा एउटा एउटा कर्मचारीमात्रै थप गर्न सके पनि यो समस्य समाधान हुने भन्दै बजेट अभावमा त्यसो गर्न नसकिएको बताए।

पीआर लिने लोभमा धेरै नागरिक अवैध भएको भन्दै सबै नागरिक स्पेन र फ्रान्स जान नसक्ने एनआरएनएका अध्यक्ष उमेश खड्काको तर्क छ। अवैध रहेका नेपालीलाई त्यहाँको पीआर लिने समयमा पासपोर्ट खोज्ने हुँदा उक्त पासपोर्ट तयार पार्नका लागि पनि पोर्चुगलमै दूतावास अथवा पासपोर्ट घुम्ती टोली आउनुपर्ने एनआरएनले आवाज उठाउँदै आएको अध्यक्ष खड्काले बताए।

परराष्ट्र मन्त्रालय र स्पेनस्थित नेपाली राजदूतावासले भने उक्त भनाइ ठीक रहेको जनाएका छन्। दूतावासले कर्मचारी अभावमा काम गर्न नसकेको बताएको छ भने परराष्ट्र मन्त्रालयले बजेट अभावका कारण कर्मचारी उपलब्ध गराउन नसकेको जनाएको छ। यता काठमाडौंमा रहेको राहदानी विभागले भने पोर्चुगलमा देखिएको समस्या साउन र भदौसम्म सक्ने जनाएको छ। विभागमा प्रमुख तीर्थराज अर्यालले पोर्चुगलमा देखिएको समस्य साउन र भदौसम्म समाधान गर्ने अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।

गैरआवासीय नेपाली संघलगायतले पोर्चुगलमा नेपालीको संख्या विभिन्न आकलन गरे पनि वैदेशिक रोजगार विभागले भने पछिल्लो दुई वर्षमा श्रम गरेर पोर्चुगल पुग्ने नेपालीको संख्या १ हजार १ सय ८७ रहेको जनाएको छ। विभागका सूचना अधिकारी गुरुदक्त सुवेदीका अनुसार पछिल्लो दुई वर्षमा श्रम गरेर पोर्चुगल पुग्ने पुरुषको संख्या १ हजार ६६, महिलाको संख्या १ सय १४ र नेपाल आएर पुनः श्रम गरेर जाने पुरुषको संख्या ७ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...
— भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उत्तर प्रदेशको बलरामपुर जिल्लाको फुलवरिया बाइपासमा भएको सडक दुर्घटनामा २१ जना नेपाली घाइते भएका छन् । सुनौलीबाट दिल्ली गइरहेको यूपी २२ एटी ०२४ नम्बरको बस मंगलबार बिहान यूपी २१ डीटी ५२३७ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको हो । ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको बलरामपुरका एसपी ...
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...
। अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताए । अर्का एक जना भने ...