मुख्य समाचार
युरो २०२४ : उपाधि र गोल्डेन बुट जित्ने कसको सम्भावना बढी ?
युरो २०२४ : उपाधि र गोल्डेन बुट जित्ने कसको सम्भावना बढी ?

। जर्मनीमा जारी युरो २०२४ मा अब ८ टिम बाँकी छन् । २४ टिमबाट सुरु भएको यात्रा समूह चरण र प्रि-क्वाटरफाइनल खेलपछि ८ मा झरेको छ ।

यस्तोमा उपाधि दाबेदार र सर्वाधिक गोलकर्ता को बन्लान् भन्ने चासो बढ्न थालेको छ । अहिलेसम्म हेर्दा घरेलु टोली जर्मनीसँगै स्पेन इंग्ल्याण्ड र फ्रान्स उपाधिको मुख्य दाबेदारको रुपमा छन् ।

अप्टा एनालाइसिसको प्रेडिक्सनअनुसार स्पेनको उपाधि जित्ने सम्भावना १९:४८ प्रतिशत छ । सन् २०१२ मा पछिल्लो पटक युरो जितेको स्पेन कीर्तिमानी चौथो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

इंग्ल्याण्डको उपाधि जित्ने सम्भावना १८.९८ प्रतिशत छ । सोचेअनुसार प्रदर्शन गर्न नसकेको फ्रान्स तेस्रोमा छ । फ्रान्सको सम्भावना १८.१८ र आयोजक जर्मनीको उपाधि जित्ने सम्भावना १७.१५ छ ।

मंगलबार अष्ट्रियाविरुद्ध २-१ को जित निकालेको टर्कीको सम्भावना ३.४९ प्रतिशत छ ।

गोल्डेन बुट कसको ?

यस पटक विश्व चर्चित स्टार खेलाडीहरूले युरोमा सोचे अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । केलिएन एमबाप्पे ह्यारी केनदेखि क्रिस्टियानो रोनाल्डोसम्म गोल गर्न संघर्षरत छन् ।

यस्तोमा सर्वाधिक गोल गर्दै प्रतियोगिताको गोल्डेन बुटको होड खुला नै छ ।

जर्मनीका जमल मुसिएला र नेदरल्याण्ड्सका कवडी गाक्पोले समान ३ गोल गरेका छन् । यस्तै स्लोभाकियाका इभान स्रान्ज र जर्जियाका जर्जेज मिकाउडाट्जेले पनि ३ गोल नै गरेका थिए । तर पछिल्ला दुई खेलाडीको युरो यात्रा समाप्त भइसकेको छ ।

जारी युरोमा स्रान्सको अट्याकिङ तथ्याङ्क गज्जबको छ । यूइएफएको रेकर्डअनुसार उनले ५ अटेम्पमै ३ गोल गरेका थिए ।

बेलिङघमलाई अवसर

अब क्वाटरफनइका खेलहरू बलिया टिमबीच हुँदैछ । स्पेन र जर्मनी एक आपसमा भिड्दैछन् भने टर्कीले नेदरल्याण्ड्ससँग खेल्नेछ । यस्तोमा एक खेलाडीका लागि अवसर बन्न सक्छ । इंग्ल्याण्डका जुड बेलिङघम सर्वाधिक गोलकर्ता बन्नका लागि डार्क हर्सको रुपमा छन् ।

स्लोभाकिया विरुद्ध अन्तिम १६ मा हार नजिक पुगेका बेला इंग्ल्याण्डलाई उनै बेलिङघमले उद्दार गरेका थिए । उनले इन्जुरी टाइममा गोल गर्दै खेल बराबरी गरेका थिए । पछि अतिरिक्त सममया ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाए ।

बेलिङघमबाहेक जर्मनीकै मुसिएला वा काई हाभार्ट्ज गोल्डेन बुटको रेसमा छन् । हाभार्ट्जले २ गोल गरेका छन् । यस्तै वैकल्पिक खेलाडीको रुपमा खेल्न सक्ने निकलस फुलक्रगले पनि २ गोल नै गरेका छन् ।

तर दुर्भाग्यवश जर्मन अट्याकरले अब स्पेनसँग खेल्दैछ । स्पेनले जारी युरोमा जम्मा १ गोल मात्र बेहोरेको छ र अप्टाको अनुसार फ्रान्ससँगै स्पेनको डिफेन्स उत्कृष्ट छ ।

यस्तै युरो २०२४ मा गोल गर्न नसकेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यसलाई सुधार गर्न चाहन्छन् । उनले चार खेलमा २० सट हाने पनि गोल गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...