मुख्य समाचार
लद्दाखमा बाढीमा परी पाँच भारतीय सैनिकको मृत्यु
लद्दाखमा बाढीमा परी पाँच भारतीय सैनिकको मृत्यु

लद्दाखमा एक नदीमा आएको बाढीमा ५ भारतीय सैनिकको मृत्यु भएको छ। सेना अधिकारीका अनुसार यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको हो।



रक्षामन्त्री राजनाथ सिंहले पाँच सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन्।

उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘हाम्रा बहादुर सिपाहीहरूले देशका लागि गरेको अनुकरणीय सेवालाई हामी कहिल्यै बिर्सने छैनौं। यस दुखद घडीमा ती सैनिकहरुका परिवारसँग उभिने छौं। यो घडीमा सिंगो देश उहाँहरुको साथमा छ।'




शुक्रबार यी सैनिकहरू अभ्यास गर्ने क्रममा नदी तर्दा दुर्घटना भएको हो। सोही समय नदीको पानीको सतह एक्कासी बढेको थियो।

दुर्घटना हुँदा ट्याङ्कीमा पाँच जना सैनिक थिए। जसमा एक जेसीओ र चार सैनिक रहेका छन्। मृतक सैनिकको शव फेला परेको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युक्रेनी राष्ट्रपति भ्यालिदिमिर जेलेन्स्कीले राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा युक्रेनले ड्रोन आक्रमण गरेको भन्ने रुसको आरोपलाई अस्वीकार गरेका छन्। जेलेन्स्कीले रुसले जारी शान्ति वार्तालाई तोडमोड गर्न खोजिरहेको आरोप लगाए। बीबीसीका अनुसार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले रातको समयमा ९१ वटा लामो दूरीको मानवरहित हवाई सवारी साधन प्रयोग गरेर रुसको नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासमा आक्रमण गरेको ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टिनी शान्ति प्रक्रियाको दोस्रो चरण लागु गर्न हमासले तत्कालै आफुलाई निशस्त्रीकरण गर्नुपर्ने बताएका छन् । हमासले हतियार नछाडे उसको हालत निकै खराब हुने चेतावनी उनले दिएका छन् । राष्ट्रपति ट्रम्पले फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटेपछि सोमबार यस्तो धारणा अघि सारेका हुन् ।‘उनीहरूले निशस्त्रीकरण गरेनन् भने नर्कको मूल्य चुकाउनु पर्नेछ,’ ...
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ। बंगलादेश नेशनलिस्ट पार्टीको मिडिया सेलका अनुसार उनको आज बिहान ६ बजे निधन भएको हो। खालिदा जिया केही महिनादेखि ढाकाको एभरकेयर अस्पतालमा उपचार गराइरहेकी थिइन्। खालिदा जिया चार दशकभन्दा बढी समयदेखि बंगलादेशी राजनीतिमा संलग्न थिइन्। आफ्ना पतिको हत्यापछि जियाले बीएनपीको नेतृत्व सम्हालिन्। सन् १९८१ मा ...
। मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । अधिकारीहरूका अनुसार रेल निजाना शहर नजिकै ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्लोरिडामा भएको भेटवार्तालाई ‘उत्कृष्ट’ र ‘शानदार’ भनेका छन् । जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामा करिब ९० प्रतिशत सहमति भइसकेको छ । ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषय पनि करिब ९५ प्रतिशतसम्म टुंगिएको बताएका छन्। तर अमेरिकी राष्ट्रपतिले ‘एक–दुई अत्यन्तै जटिल विषय’ अझै बाँकी रहेको पनि बताएका ...