मुख्य समाचार
‘इट्स माइ शो’ विवादबारे सुरज सिंह ठकुरी : ‘मैले बनाएको ब्रान्ड ध्वस्त भयो’
‘इट्स माइ शो’ विवादबारे सुरज सिंह ठकुरी : ‘मैले बनाएको ब्रान्ड ध्वस्त भयो’

। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माइ शो’ को पछिल्लो एपिसोडको विवाद सेलाएको छैन । उक्त कार्यक्रममा उठाइएको विषयवस्तुलाई लिएर थुप्रै सेलिब्रेटी र दर्शकहरुले आपत्ति जनाइरहेका छन् ।

यसैबीच, ‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले पनि यसबारेमा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पछिल्लो कार्यक्रमले आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको बताएका छन् । साथै उनले कान्तिपुर टिभी र इट्स माइ शोसँग हाल आफ्नो कुनै संलग्नता नरहेको पनि प्रष्ट्याएका छन् ।


सुरजले भनेका छन्, ‘भर्खरै कान्तिपुर टिभीमा सुरज सिंह ठकुरीसँग इट्स माइ शोको सम्बन्धलाई लिएर केही अन्योल भएको छ । म स्पष्ट गर्न चाहन्छु- म अब कुनै पनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा ।’

सुरजले वर्षौंदेखि दर्शकहरुले देखाएको माया र साथका लागि आभार व्यक्त गरेका छन् । आफ्नो करिअरमा दर्शकको प्रोत्साहन प्रमुख शक्ति भएको भन्दै उनले रमाइलोका साथै गर्व गर्नलायक सामग्री ल्याउने प्रतिबद्धता पनि जनाएका छन् ।



‘म यति मात्र भन्न चाहन्छु, मेरो २३ वर्षको समर्पण, इमान्दारी र मेरो ब्रान्डप्रतिको बफादारी ध्वस्त भएको छ । एक टेलिभिजनकर्मीको रुपमा म दु:खी छु’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...