मुख्य समाचार
क्रिमियाको मिसाइल आक्रमणमा अमेरिका संलग्न रहेको रुसको आरोप, बदला लिने चेतावनी
क्रिमियाको मिसाइल आक्रमणमा अमेरिका संलग्न रहेको रुसको आरोप, बदला लिने चेतावनी

रुसले बढ्दो तनावका बीच संयुक्त राज्य अमेरिकालाई क्रिमियामा असभ्य आक्रमणमा संलग्न रहेको आरोप लगाएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार रुसी कब्जामा रहेको क्रिमियन प्रायद्वीपमा भएको आक्रमणमा अमेरिकाले आपूर्ति गरेको पाँचवटा आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटिएसिएमएस) मिसाइलहरू सामेल थिए।



मन्त्रालयले चारवटा क्षेप्यास्त्र रोकिएको र पाँचौँ हावामा विस्फोट भएको बताएको छ। उक्त घटनामा बालबालिकासहित धेरै घाइते भएको अल जजिराले जनाएको छ ।

रुसी विदेश मन्त्रालयले सोमबार अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएर उक्त घटनालाई वासिङ्टनले भड्काएको 'प्रोक्सी वार' भन्दै निन्दा गरेको छ र जवाफमा जवाबी कारबाही गर्ने वाचा गरेको छ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेदेखि मस्कोले द्वन्द्वलाई पश्चिमी समर्थित युद्धको रूपमा लिएको छ। अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले पत्रकारहरूलाई सम्बोधन गर्दै अमेरिकाले युक्रेनको सार्वभौमसत्ताको रक्षा गर्न हतियार आपूर्ति गरेको बताए।

राजदूत ट्रेसीले हालैको घटनाबाट कुनै पनि नागरिक हताहत भएकोमा खेद व्यक्त गरेका छन् ।

क्रेमलिनले युक्रेनलाई रूसी क्षेत्रभित्रका लक्ष्यहरू विरुद्ध आपूर्ति गरिएका हतियारहरू तैनाथ गर्न अनुमति दिने अमेरिकी निर्णयको कडा आलोचना गर्नुका साथै सम्भावित प्रतिक्रियाको चेतावनी दिएको छ।

मस्कोले अमेरिकी विशेषज्ञहरूले अमेरिकी जासुसी उपग्रहहरूबाट प्राप्त डाटा प्रयोग गरेर क्षेप्यास्त्र आक्रमणमा समन्वय गरेको आरोप लगाएको छ। 'वासिङ्टनको यस्तो कार्यहरू प्रतिक्रिया बिना छोडिने छैन', रुसको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्तिमा भने । रुसी अधिकारीहरूले युक्रेन द्वन्द्व खतरनाक चरणमा प्रवेश गरेको बताएका छन् ।

सन् २०१४ मा रुसले कब्जा गरेको तर अन्तर्राष्ट्रिय रूपमा युक्रेनी क्षेत्रको रूपमा मान्यता प्राप्त क्रिमियामा घातक द्वन्द्वमा उल्लेखनीय वृद्धि भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा २४ जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने सीएनएनले उल्लेख गरेको छ । बाढीका कारण टेक्सासका कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ भने सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद्‌ भएको छ । टेक्सासको ग्वाडालुपे नदी आसपासका क्षेत्रमा शुक्रबार विहानदेखिको ...
। युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो । ‘हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै ...
। दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई) एजेन्सीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी दमन कार्यमा सहयोग गर्न अनुरोध गरेको पहिलो चरण हो । यो ट्रम्पको दोस्रो कार्यकालको मुख्य ...
। रूस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ। बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेका छन्। बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो। मुत्ताकीले यो कदमलाई ‘सकारात्मक सम्बन्ध, आपसी ...
। शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ । ‘मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ’, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ । इस्फहान र तब्रिज ...