मुख्य समाचार
तिब्बतमा पक्राउ परेका दुई युवाको खोजी गर्न इन्टरपोलमा निवेदन
तिब्बतमा पक्राउ परेका दुई युवाको खोजी गर्न इन्टरपोलमा निवेदन

: तिब्बतमा पक्राउ परेका गोरखा छेकम्पारका दुई युवाको खोजी गरिदिन माग गर्दै प्रहरीले इन्टरपोलमा निवेदन दिएको छ। तिब्बती प्रहरीले नियन्त्रणमा लिएर सिगात्सेमा राखेको भनिएका चुमनुब्री गाउँपालिका–७ छुलेका कर्मा छेतेन र लामागाउँका कर्मा राप्केको अवस्थाका बारेमा खोजबिन गरिदिन जिल्ला प्रहरी कार्यालय गोरखाले आइतबार इन्टरपोलमा निवेदन निवेदन दिएको हो।



‘युवाहरूका परिवारजनले गत बिहीबार इलाका प्रहरी कार्यालय छेकम्पारमा निवेदन दिएपछि हामीलाई पनि उनीहरूको बारेमा खोज अनुसन्धान गर्न बाटो खुल्यो’, एसपी बासुदेव पाठकले भने, ‘हामीले आजै प्रदेश प्रहरी कार्यालय पोखराको अनुमतिमा इन्टरपोलमा निवेदन दिएका छौं।’ इन्टरपोलले बेइजिङस्थित इन्टरपोलसँग समन्वय गरी उनीहरूको खोजी गर्ने एसपी पाठकले बताए। यसअघि तिब्बत प्रहरीले नियन्त्रणमा लिएका दुई युवाका परिबारले छेकम्पास्थित इप्रकामा निवेदन दिएका थिए।

‘गत वैशाख १७ गते यार्सागुम्बा टिप्न भनी भाज्यूपामा भन्ने लेकमा गएको तर बेलुका नफर्केको र यत्रतत्र खोजतलास गर्दा फेला नपरिरहेका बेला गत जेठ ३ गते तिब्बतको सिगात्से प्रहरी कार्यालयबाट निवर्तमान वडाअध्यक्ष पासाङ लामालाई टेलिफोन गरी हराइरहेका दुई युवालाई स्याबाट सिगात्से प्रहरीले नियन्त्रणमा लिएको र हाल सिगात्से प्रहरीमा रहेको जानकारी दिएका रहेछन्’, कर्मा छेतेनकी पत्नी ढोकर लामाले पेश गरेको निवेदनमा भनिएको छ, ‘त्यसैले यथासीघ्र हराइरहेका व्यक्तिहरूको खोजी गरिदिनु हुन विनम्र निवेदन गर्छु।’




अहिले हराइरहेका दुई युवाको परिवारमा रुवाबासी छ। ती दुई युवालाई गत वैशाख १७ गते तिब्बती प्रहरीले बोलाएर तिब्बती बजार स्याहबाट पक्राउ गरेर सिगात्से पुर्या‍एको र गत जेठ ३ गते छेकम्पारस्थित एक स्थानीयबासीलाई टेलिफोन गरी उनीहरू आफूहरूको नियन्त्रणमा रहेको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...
— भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उत्तर प्रदेशको बलरामपुर जिल्लाको फुलवरिया बाइपासमा भएको सडक दुर्घटनामा २१ जना नेपाली घाइते भएका छन् । सुनौलीबाट दिल्ली गइरहेको यूपी २२ एटी ०२४ नम्बरको बस मंगलबार बिहान यूपी २१ डीटी ५२३७ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको हो । ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको बलरामपुरका एसपी ...
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...