मुख्य समाचार
स्वास्थ्य मन्त्रालयको चेतावनी : डेंगु फैलिन सक्छ, सतर्कता अपनाउनू
स्वास्थ्य मन्त्रालयको चेतावनी : डेंगु फैलिन सक्छ, सतर्कता अपनाउनू

। सरकारले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजनन्‌का लागि अनुकूल वातावरण बन्ने र संक्रमित संख्या बढ्न सक्ने बताएको हो ।

‘जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ,’ मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारीको गरेको विज्ञप्तिमा भनिएको छ, ‘मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र सङ्क्रमितको संख्यामा समेत बढोत्तरी हुन सक्ने देखिन्छ ।’

गत ६ महिनामा ७२ वटा जिल्लाबाट १२४१ जना डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

डेंगु रोगको मुख्य लक्षणमा उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु र वान्ता हुनु पर्दछन् ।

एक्कासी उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तश्राव, धेरै पेट दुखाइ, श्वासप्रश्वासमा समस्या र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन तथा परामर्श लिन मन्त्रालयले अनुरोध गरेको छ ।

डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सबै प्रदेश र स्थानीय तहमा वर्षातको समयमा हुन सक्ने डेंगुलगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीलाई तयारी अवस्थामा रहन र आवश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको जनाएको छ ।

डेंगु रोग निदानका लागि चाहिने रोग निदान किट, औषधि उपचार र अन्य आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

डेंगु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनु हो । तसर्थ आफ्नो घर वरिपरि तथा कार्यस्थलमा सफा राख्ने, पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता कुरामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्र बैंक र आरबीआईको साझा संयन्त्र बैठकमा अन्तरदेशीय भुक्तानी छलफल
मेलम्ची खानेपानी पाइप फुट्दा क्षति पुगेका २१ पीडित परिवारले पाए क्षतिपूर्ति
पोखरा विमानस्थलको सवा २ अर्ब बेरुजु उड्डयन प्राधिकरणले गर्‍यो फर्छ्योट
टीओबी समूहका तेन्जिन : न बाबुले छोरा चिने, न छोराले बाबु
। कर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित भएको पाइएको छ । ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना संक्रमित भेटिएको सरकारी तथ्याक छ । आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४९७ जनालाई जाँच गर्दा ३० जना एचआईभी सक्रमित भेटिएका छन् भने ०७८/०७९ मा १२ हजार ९० जनालाई जाँच गर्दा ७० जना ...