मुख्य समाचार
सकियो आईडीए–२१ बैठक
सकियो आईडीए–२१ बैठक

। विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको शुक्रबार आयोजित एक कार्यक्रममा समापन गरियो । समापनमा अर्थमन्त्री वर्षमान पुन सहभागी भए ।




बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो सम्मेलन हो ।

बैठकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरूमा गर्ने सहयोगसम्बन्धी रणनीति तय गरेको बैंकले जनाएको छ ।



बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशक सहभागी थिए । साथै ६१ देशका करिब २ सयभन्दा बढी प्रतिनिधि बैठकमा लागि आएका थिए ।

उदघाटनसत्रपछि तीन दिनसम्म बन्दसत्र चलेको थियो । बन्दसत्रमा आगामी ३ वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सोको लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरू बीच गहन छलफल भएको बताइएको छ ।

आईडीए–२ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । विश्व बैंकको दक्षिण एसिया क्षेत्रमै यो स्तरको कार्यक्रम भएको पहिलो हो ।

बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो । विश्व बैंकले सन् १९६० मा आईडीएको स्थापना गरेको थियो ।

आईडीएले विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । यसका साथै यसले विकासका पछि परेका मुलुकहरूका लागि सहुलियतपूर्ण ऋण र अनुदान तथा बहुपक्षीय सहायता प्रदान गर्दछ ।

आईडीएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ ।

अर्थ मन्त्रालयले साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत गराउन तथा उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्त्वपूर्ण भएको जनाएको छ ।

बैठकपछि विश्व बैंकमा उच्च अधिकारीहरूले काठमाडौं उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निर्माण, ऊर्जा, जलवायुलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ आयोजनाको स्थलगत भ्रमण गर्ने भएका छन् ।

बैठकको आयोजनाबाट नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल भएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बताए । विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई दिइएको समेत उनले बताए ।

नेपालका विकास प्राथमिकतालाई आईडीएको नीति प्राथमिकतासँग तादम्य गराउन अवसर मिलेको, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढेको, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढेको तथा पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुगेको विश्वास लिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गुगलको पिक्सल १० सिरिजको डिभाइसले एप्पलको एयरड्रप पनि सर्पोट गर्नेछ । एन्ड्रोइडबाट आइफोन र आइफोनबाट एन्ड्रोइडमा सिफ्ट हुनु धेरैका लागि कठिन हुन्छ । मुभ टु आईओएसजस्ता एप्सले पहिलेको दाँजोमा डाटा ट्रान्सफरलाई केही सहज बनाइदिएका छन्, तर अझै पनि केही कठिनाई कायम छन् । पुरानो फोनबाट नयाँमा डाटा ट्रान्सफर गर्नमै घण्टौं लाग्नसक्छ । तर अब यी सबै ...
। नेपाल उद्योग परिसंघ (सीएनआई) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल–स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवम् समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्ने भएको छ । आगामी डिसेम्बर १३ (२७ मंसिर) शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपा, ललितपुरमा सञ्चालन हुने एकदिने प्रदर्शनीले नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रबर्द्धन, स्वदेशी उद्योग ...
चैते धान उत्पादनमा वृद्धिमात्र होइन, क्षेत्रफल र उत्पादकत्वमा समेत उल्लेख्य वृद्धि भएको सरकारी तथ्यांक
— आन्तरिक रूपमा मालवस्तु ढुवानीमा कर तथा शुल्क नलगाउन संघीय सरकारले प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । प्रदेश सरकार र स्थानीय तहले एक प्रदेशबाट अर्को प्रदेश वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तारमा कुनै पनि किसिमको कर र शुल्क लगाउन पाउने कानुनी व्यवस्था नहरेको भन्दै संघीय सरकारको ...
— मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो । तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको प्रथम चौमासिकमा यो नाका ...