मुख्य समाचार
तिब्बतमा पक्राउ परेकाको घरमा रुवाबासी
तिब्बतमा पक्राउ परेकाको घरमा रुवाबासी

: तिब्बतमा पक्राउ परेका गोरखा छेकम्पारका दुई युवाको परिवारमा अहिले रुवाबासी छ। तिब्बती प्रहरीको नियन्त्रणमा रहेका चुमनुब्री—७ छुलेका कर्मा छेतेन र लामागाउँका कर्मा राप्केको परिवार चिन्तामा डुबेको हो।


अन्दाजी ३० वर्षका यी दुई युवालाई डेढ महिनाअघि तिब्बती प्रहरीले बोलाएर तिब्बती बजार स्याबाट पक्राउ गरेको स्थानीयवासीको भनाइ छ।

जिउँदै छन् कि कुन अवस्थामा छन् भन्दै चिन्ता लागेको कर्मा छेतेनकी श्रीमती दोल्कर लामा दुःखेसो पोख्छिन्। ‘यतिका दिन भइसक्यो, केही अत्तोपत्तो छैन। जिउँदै हुनुहुन्छ कि, कस्तो अवस्थामा हुनुहुन्छ ? कहाँ हुनुहुन्छ केही थाहा छैन’, उनले रुँदै भनिन्, ‘किन पक्राउ गरेको हो नि थाहा छैन। के कस्तो कारबाही गर्छ पनि थाहा छैन। अन्योलै अन्योलमा हामी कति दिन आँसुमा डुबेर बस्ने हो ?’ उनले सत्य तथ्य खोज गरिदिन सरकारसँग माग गरिन्।




कर्मा छेतेन आफूसँगै किरा टिप्न लेक गएको उनी सम्झन्छिन्। ‘हामी सँगसँगै किरा टिप्न गएका हौं। दिनभरि केटाहरू एकातिर जान्थे, हामी केटीहरू अर्कातिर जान्थ्यौं। भरे बेलुका टहरोमा भेट हुन्थ्यो। तर त्यस दिन उहाँ आउनु भएन’, उनले भनिन्, ‘किरा टिप्दा भीरबाट खसे कि, गाउँतिर झरे कि भनेर जताततै खोज्यौंं। आफन्तहरू सबैलाई खबर ग¥र्यौं । तर कतै खबर पाउन सकिएन। १२, १३ दिनपछि पो हल्ला सुनियो, तिब्बतमा प्रहरीले पक्राउ गरेको छ अरे भनेर। हल्लाको कुरा पत्याउने कि नपत्याउने ? बुझ्न जाउँ भने नाका बन्द छ। कसरी जाने ? सत्य कुरा कसरी थाहा पाउने ?’ चिन्तामा डुबेर दिन बितिरहेको उनले पीडा पोखिन्।

लामागाउँको कर्मा राप्केको घरको अवस्था पनि उस्तै दर्दनाक छ। पत्तै नपाई छोरा गायब भयो। १५ दिनपछि मात्र छिमेकीलाई फोनबाट खबर आएको उनका बुबा निमा दोर्जेले भने। ‘हामीलाई त थाहै थिएन। पल्लो घरमा फोन आएछ। उहाँले भनेपछि पो तिब्बतमा बोलाएर पक्राउ गरेको रहेछ भनेर थाहा भयो’, उनले भने, ‘किन समातेको हो ? अब हामीले के गर्नुपर्छ केही थाहा पनि छैन। माथि (तिब्बत) जाम भने नाका बन्द छ। फोन गरौं भने कसलाई गर्ने ? कोही चिनेको पनि छैन, जानेको पनि छैन। तल (काठमाडौं) कसरी जाने, कसलाई भन्ने केही थाहा छैन।’ आफ्नो दुःख वडाध्यक्षबाहेक अरू कसैलाई नभनेको पीडित परिवारले बताए।

दुर्गम ठाउँको मान्छे भएकाले आफूहरूलाई केही थाहा नपाएको उनीहरू बताउँछन्। ‘के गरे के हुन्छ, आफ्नो मान्छे छुटाउन के गर्नुपर्छ केही अत्तोपत्तो छैन’, निमाले भने, ‘सरकारले हेर्दिए हुन्थ्यो। सरकारलाई कसरी भन्ने ?’

करिब डेढ महिनाअघि चिनियाँ प्रहरीले उनीहरू दुवै जनालाई ङुइला नाकाबाट तिब्बती बजार स्यामा बोलाएर पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...
— भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उत्तर प्रदेशको बलरामपुर जिल्लाको फुलवरिया बाइपासमा भएको सडक दुर्घटनामा २१ जना नेपाली घाइते भएका छन् । सुनौलीबाट दिल्ली गइरहेको यूपी २२ एटी ०२४ नम्बरको बस मंगलबार बिहान यूपी २१ डीटी ५२३७ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको हो । ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको बलरामपुरका एसपी ...
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...