मुख्य समाचार
धुलिखेल अस्पतालमा विभिन्न सेवा थप, बाँझोपनको उपचारमा आईयूआई
धुलिखेल अस्पतालमा विभिन्न सेवा थप, बाँझोपनको उपचारमा आईयूआई

। धुलिखेल अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर राखी सेवामा स्तरोन्नति गरेको छ । अस्पतालको बहिरङ्ग विभाग (ओपीडी)मा नाम दर्ता, ल्याब टेस्टका लागि रगत संकलनमा सहजीकरण, स्वास्थ्य बीमा अन्तर्गत मेडिसिन रिफिलिङ, अस्पताल परिसरमा बिरामीमैत्री पार्किङको व्यवस्थापन, प्लास्टिक फ्री वातावरण, इमर्जेन्सीका बिरामीका लागि फास्टट्र्याक सेवाको व्यवस्था गरिएको छ ।

यी सेवा सुधारबाट सेवाग्राहीहरुले विगतमा भन्दा सहज महसुस गर्ने अस्पतालका प्रवक्ता एवं वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेष प्रा. डा. सुमन ताम्राकारले जानकारी दिए ।

अस्पतालमा नाक, कान, घाँटी विभाग अन्तर्गत कानसम्बन्धी नवजात शिशुलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि हियरिङ स्क्रिनिङ, कान कम सुन्ने बिरामीका लागि आवश्यक हियरिङ एड्सम्बन्धी सम्पूर्ण सेवा दिइँदै आएको छ भने निकट भविष्यमा ‘कक्लियर इम्प्लान्ट (कान नसुन्नेका लागि प्रविधिजन्य जडान)’ सेवा सुरु गर्न लागिएको ईएनटी विशेषज्ञ प्रा. डा. विकासलाल श्रेष्ठले बताए ।

यसैगरी स्त्रीरोग विभाग अन्तर्गत बाँझोपनको समस्या भएका दम्पतीलाई मध्यजनर राख्दै आईयूआई (ईन्ट्रायुटेराइन इन्सेमिनेसन) सेवा पुनः सुचारु गरिएको छ । आईयूआई प्रविधि अन्तर्गत पुरुष पार्टनर अर्थात् श्रीमानको वीर्यलाई प्रोसेसिङ गरेर महिला पार्टनर अर्थात् श्रीमतीको पाठेघरमा राखिन्छ । केही हप्ता अगाडि मात्र सञ्चालनमा ल्याएको उक्त सेवाबाट कतिपय सेवाग्रहीमा सकारात्मक नतिजा देखिएको अस्पतालको दाबी छ ।

टेस्टट्युब बेबीभन्दा निकै कम खर्च र कम झन्झटमै गर्न सकिने उक्त प्रविधिबाट काभ्रे र आसपासका जिल्लाका सेवाग्राहीहरु लाभान्वित हुने लक्ष्य राखिएको छ । धुलिखेल अस्पतालमा दीर्घकालीन दुखाइ प्रताडितहरुका लागि ‘डेकेयर पेन क्लिनिक’ पनि सञ्चालनमा ल्याएको छ । डेन्टल विभाग अन्तर्गत मेडिकल थ्रीडी प्रिन्टिङ सेवा थालनीसँगै दन्तसम्बन्धी उपचार सुरु भएको छ । यसैगरी अस्पतालमा ल्याब परीक्षण अन्तर्गत हेमाटोलोजी, माइक्रोबायोलोजी, बायोकेमेस्ट्री परीक्षणमा निकै अत्याधुनिक सेवा थप गरिएको छ ।

अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्यले सेवालाई सरलीकृत र सहज बनाउँदै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्र बैंक र आरबीआईको साझा संयन्त्र बैठकमा अन्तरदेशीय भुक्तानी छलफल
मेलम्ची खानेपानी पाइप फुट्दा क्षति पुगेका २१ पीडित परिवारले पाए क्षतिपूर्ति
पोखरा विमानस्थलको सवा २ अर्ब बेरुजु उड्डयन प्राधिकरणले गर्‍यो फर्छ्योट
टीओबी समूहका तेन्जिन : न बाबुले छोरा चिने, न छोराले बाबु
। कर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित भएको पाइएको छ । ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना संक्रमित भेटिएको सरकारी तथ्याक छ । आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४९७ जनालाई जाँच गर्दा ३० जना एचआईभी सक्रमित भेटिएका छन् भने ०७८/०७९ मा १२ हजार ९० जनालाई जाँच गर्दा ७० जना ...