मुख्य समाचार
यू-२० र यू-१७ राष्ट्रिय फुटबल टिमका लागि खुला छनोट गरिने
यू-२० र यू-१७ राष्ट्रिय फुटबल टिमका लागि खुला छनोट गरिने

। आसन्न साफ यू-२० च्याम्पियनसीप र साफ यू-१७ च्याम्पियनसीपका लागि अखिल नेपाल फुटबल संघ एन्फाले खुला छनोट गर्ने भएको छ ।

एन्फाले सात प्रदेश फुटबल संघ र सदस्य जिल्ला फुटबल संघहरुलाई पत्र पठाउँदै दुवै प्रतियोगिताका लागि खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

साफ यू२० च्याम्पियनसीप आगामी साउन ३२ देखि भदौ १२ गतेसम्म (अगष्ट १६ देखि २८) काठमाडौंमै आयोजना हुनेछ ।

यस्तै साफ यू-१७ च्याम्पियनसीप आगामी असोज २ देखि १२ गतेसम्म (अक्टोबर १९ देखि २७) सम्म भुटानमा आयोजना हुनेछ ।

एन्फाले दुवै टोलीका लागि प्रदेश छनोट र अन्तिम छनोट गरी दुई चरणमा छनोट कार्यक्रम सञ्चालन गर्दैछ ।

जसअनसार २० वर्ष मुनिका खेलाडीका लागि असार १० देखि १५ गतेसम्म प्रदेश फुटबल संघबाट र अन्तिम चरणको छनोट असार १८ देखि २५ गतेसम्म सञ्चालन गर्ने जनाएको छ ।

यस्तै १७ वर्ष मुनिका लागि प्रदेश छनोट असार १७ देखि २२ गतेसम्म तथा केन्द्रीय छनोट साउन २५ देखि ३२ गतेसम्म हुनेछ ।

प्रदेशबाट छनोट भएका बढीमा ३० खेलाडीहरु अन्तिम चरणको छनोटमा समावेश गरिने एन्फाले जनाएको छ ।

यसैगरी २० वर्ष मुनिका खेलाडीका लागि २०६१ पुस १७ देखि २०६४ पुष १६ गते भित्र जन्मेका खेलाडी हुनुपर्नेछ भने १७ वर्ष मुनिका खेलाडीका लागि २०६४ पुष १७ देखि २०६७ पुष १६ गते भित्र जन्मेका हुनुपर्नेछ ।

छनोटमा सहभागी हुने खेलाडीले नागरिकता वा पासपोर्ट ल्याउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...