मुख्य समाचार
न्युजिल्यान्डको फेस्टिभलमा छानियो सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’
न्युजिल्यान्डको फेस्टिभलमा छानियो सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’

। पत्रकार सुविना श्रेष्ठले निर्देशन गरेको डकुमेन्ट्री फिल्म ‘देवी’ न्युजिल्यान्डको डकएज फेस्टिभलमा छानिएको छ । अस्कर अवार्डमा न्युजिल्यान्डबाट फिल्म मनोनयन गर्ने फेस्टिभल डकएजमा नेपालको सशस्त्र युद्धमा यौनहिंसा बेहोरेका देवी खड्का लगायत महिलाबारे श्रेष्ठले बनाएको फिल्म चयन भएको हो ।

सत्यनिष्ठा र मेलमिलाप भन्ने थिममा आधारित भएर प्रतिष्पर्धा गरेका फिल्ममध्ये श्रेष्ठको देवी परेको फेस्टिभलले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । ‘कथावाचनको सीमा भत्काउँदै टाढा-टाढाका कथाहरुलाई विचारोत्तेजक ढंगले देखाउनु डक एजको काम हो,’ वक्तव्यमा भनिएको छ, ‘सुविना र फिल्मकी पात्र देवी उक्त फेस्टिभलमा छानिएका छन्, उनीहरु समारोहमा उपस्थित हुने जानकारी गराउँछौं ।’




देवी, निर्देशक श्रेष्ठसँगै प्यालेस्टाइनी नोबल पुरस्कार मनोनयनमा परेकी प्यालेस्टाइनी डा. इजेलेदिन अब्दुलायेश, क्यानेडाली फिल्ममेकर ताल बार्दा पनि फेस्टिभलमा सहभागी हुनेछन् । जुन २३ देखि २७ सम्म फेस्टिभल न्युजिल्यान्डको वेलिङ्टनमा आयोजना हुने वेबसाइटमा जानकारी दिइएको छ ।


सुविना श्रेष्ठ
अनलाइनखबरसँग प्रतिक्रिया दिंदै श्रेष्ठले आफ्नो फिल्म प्रतिष्ठित फेस्टिभलमा चयन भएकोमा खुसी व्यक्त गरिन् । देवी यसअघि टोरन्टको हटटक्समा छानिएर प्रदर्शन भएको थियो । दर्शकहरुले यसलाई उत्कृष्ट २० फिल्ममा भोट हालेर छानेका थिए ।




अलजजिरा लगायत अन्तर्राष्ट्रिय मिडियामा काम गरिसकेकी सुविना काठमाडौंकी हुन् । उनी अहिले बेलायतमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् । राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए । ‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, ...
। विश्वकै सबैभन्दा जेठो मानिने प्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण सुरु भएको छ । महोत्सव दुई सातासम्म चल्नेछ । महोत्सवको ओपनिङ फिल्मको रुपमा इटालीका पाओलो सोरेन्टिनोद्वारा निर्देशित ‘ला ग्राजिया’ थियो जसले उत्साहजनक प्रशंसा पायो । टोनी सर्भिल्लो अभिनित यो फिल्मले इच्छामृत्यु र विवादास्पद माफीसहित नैतिक र राजनीतिकरुपमा दुविधाग्रस्त विचार व्यक्त गर्ने इटालियन राष्ट्रपतिको कथा ...
। अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस ) यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ । ६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा आधारित यस फिल्ममा ...
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...