मुख्य समाचार
रुपन्देहीमा १७०० जना एचआईभी संक्रमित
रुपन्देहीमा १७०० जना एचआईभी संक्रमित

। रुपन्देहीमा एक हजार ७ सय जनामा एचआईभी एड्सको संक्रमण फेला परेको छ । त्यसमध्ये तिलोत्तमा नगरपालिकामा १७५ जनामा संक्रमित छन् ।

एचआईभी एड्सको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था एनएपीएनका प्रदेश संयोजक अर्जुन ज्ञवालीले कपछिल्लो तथ्यांकअनुसार १५ सय जनाले लुम्बिनी प्रादेशिक अस्पताल र २ सय जनाले भीम अस्पताल भैरहवाबाट निशुल्क एआरभी औषधिसहित उपचार सेवा लिइरहेको जानकारी दिए ।




राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार २०२२ को अन्त्यसम्मको तथ्यांक अनुसार नेपालमा करिब ३० हजार मानिसहरूमा एचआईभी संक्रमण देखिएको थियो । हरेक वर्ष करिब एक हजार नयाँ एचआईभी संक्रमित थपिने र बर्सेनि करिब ८ सयभन्दा बढीको मृत्यु हुने अनुमान छ ।

तिलोत्तमा नगरपालिकाले एचआईभी संक्रमित क्याम्पस तहमा अध्यनरत ५ जना विद्यार्थीलाई २० हजारका दरले छात्रवृत्ति, विद्यालय तहका ७ जना विद्यार्थीलाई झोला, कापी, क्यालकुलेटर लगायत शैक्षिक सामग्री र अन्य ६० जनालाई चामल, दाल, तेल, अण्डा लगायत पोषण सामग्री वितरण गरेको छ ।




कार्यक्रममा तिलोत्तमाका मेयर रामकृष्ण खांणले आफ्नो कारणले मात्र नभई रगत लिँदा वा अन्य हिसाबले एचआईभी संक्रमण हुने भएकाले समाजले यसलाई दुर्घटनाका रुपमा सहज लिनुपर्ने बताए । नगरवासीलाई विभेद नगर्ने, समान व्यवहार गर्ने र घरवास नभएका संक्रमितलाई घर बनाउन जग्गा उपलब्ध गराउन पहल गरिने उनले आश्वासन दिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले नगरभित्र १७५ जनामा एचआईभी संक्रमण रहेकामध्ये ७२ जनालाई लागि छात्रवृत्ति, शैक्षिक एवं पोषणा सामग्री वितरण गरिएको बताए । उनले चालु वर्षमा एचआईभी संक्रमितका लागि ५ लाख वजेट रहेको बताए ।

जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले एआरभी औषधि नियमित सेवन गरे रोग निको हुने र अरु जस्तै नियमित काम, रोजगारी गर्न सकिने बताए ।

उनले एचआईभी संक्रमित व्यक्तिको रगत स्वस्थ व्यक्तिको रगतमा मिसिएमा,असुरक्षित रगत उत्पादक सामग्रीहरू जस्तै सुईं वा अन्य चिकित्सा उपकरणहरूको साझा प्रयोग, असुरक्षित यौन सम्पर्क, एचआईभी संक्रमित आमाबाट, स्तनपान, सुईं वा सिरिन्जबाट लागूपदार्थ लिने व्यक्तिहरू, अस्थायी आप्रवासी कामदारहरूमा एचआईभी संक्रमणको जोखिम उच्च हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए