मुख्य समाचार
अन्तिम खेलमा श्रीलंकाकालाई सुखद नतिजा, नेदरल्याण्ड्स ८३ रनले पराजित
अन्तिम खेलमा श्रीलंकाकालाई सुखद नतिजा, नेदरल्याण्ड्स ८३ रनले पराजित

। टी-२० विश्वकप २०२४ मा समूह चरणको अन्तिम खेलमा श्रीलंकाले जीत निकालेको छ ।

आज बिहान भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै सुखद् अन्त्य गरेको हो ।

२०२ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १६.४ ओभरमा ११८ रनमै आउट भएपछि श्रीलंका फराकिलो अन्तरले विजयी भएको हो ।

नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट र कप्तान स्कट एडवार्ड्सले ३१/३१ रन बनाउन बाहेक अरु ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।

म्याक्स ओडाउड र सिब्रांड इगल्ब्रेटले ११/११ र आर्यन दत्तले १० रन जोडे । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाका नुवान तुषाराले ३, वानिन्दु हसरंगा र मथीशा पाथिरानाले २/२ र महेश थीक्षण र दासुन शानकाले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा २०१ रन बनाएको थियो ।

श्रीलंकाका कुशल मेन्डिस र चरिथ असलंकाले ४६/४६, धनन्जय डे सिल्भाले ३४, कामिन्दु मेन्डिसले १७ रनको योगदान गरे ।

एन्जिलो म्याथ्युज ३० र वानिन्दु हसरंगा २० रनमा अविजित रहँदै २०१ को स्कोर बनाउन मद्दत गरे ।

नेदरल्याण्डसका लोगन भान विकले दुई, भिभियन किंग्मा, आर्यन दत्त, पाउल भान मिर्केन र टिम प्रिन्गलले एक/एक विकेट लिए ।

यो खेलसँगै श्रीलंका समूह चरणमा तीन अंक जोडेर तेस्रो स्थानमा रहँदै घर फर्किने भएको छ । ४ खेलमा एक खेल जितेर २ अंक जोडेको श्रीलंकाले एक अंक नेपालसँगको खेल वर्षाले रद्द हुँदा पाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...