मुख्य समाचार
राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट

: राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गरेका छन्।


स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‍घाटन सत्रमा मुख्य वक्ताका रूपमा सहभागी भएका राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक हुंग्बोबीच स्वीजरल्याण्डको जेनेभामा आज भेटवार्ता भएको हो।

भेटमा राष्ट्रपति पौडेलले महानिर्देशक हुंग्बोलाई आमन्त्रण गरेकामा आभार प्रकट गर्दै अन्तर्राष्ट्रिय श्रम सङ्गठनले मर्यादित काम तथा श्रमको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक संवाद र सामाजिक सरंक्षणका क्षेत्रमा गरेको कार्यको प्रशंसा गरेका थिए।




उनले आप्रवासी कामदारहरूको न्यूनतम तलब, सामाजिक सुरक्षासहित उनीहरूको सुविधा सुनिश्चित गर्न र श्रम गन्तव्य भएका मुलुकलाई जिम्मेवार बनाउन आइएलओले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

महानिर्देशक हुंग्बोले राष्ट्रपति पौडेलले आइएलओको कार्यक्रमका लागि समय दिएर यहाँ आएकामा आभार व्यक्त गर्दै पौडेलको राजनीतिक जीवन र सामाजिक न्यायप्रतिको आस्थाको प्रशंसा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रहरी कार्यालय रौतहटले एसईई परीक्षामा चिट चोर्न ल्याइएका १ हजार ४ सय २४ मोबाइल बरामद गरेको छ । बिहीबार प्रहरीले परीक्षाको मर्यादा भंग गर्ने प्रयासमा संलग्न २ जनालाई समेत पक्राउ गरेको छ। प्रहरीका अनुसार रौतहटको यमुनामाई गाउँपालिका-५ स्थित यमुनामाई मावि परीक्षा केन्द्रमा परीक्षा निरीक्षकले नै केही रकम लिइ मोबाइल प्रवेश गराएका थिए। त्यस्तै मौलापुर नगरपालिका-५ ...
: खानेपानीमन्त्री प्रदीप यादवले अवको एक वर्षभित्र देशका ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अहिले २७ प्रतिशतमा स्वच्छ खानेपानी पुराउन सफल भएको भन्दै आगामी एक वर्षभित्रमा ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका हुन् । उनले यसका लागि ६ ...
। कडा रोग लागेका दुई हजार ५ सय बढी विरामीलाई कोशी प्रदेश सरकारले आर्थिक सहायता प्रदान गर्ने भएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कडा रोग लागेका २ हजार ५ सय ५६ जनालाई १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँ उपचार सहायता बाड्ने भएको हो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र ...
: बुद्ध जन्मस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव सुरू भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा बिहीबार महोत्सव सुरू भएको हो। नेपालस्थित चिनियाँ दूतावास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव गरिएको हो। कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीको प्रवर्द्धन र सम्वर्द्धनका लागि चिनियाँ दूतावासको सहकार्य ...
। चोरीका २७१ थान मोबाइलसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका–५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का ३० वर्षीय हेमन्त राना मगर, दोलखाको शैलुङ गाउँपालिका–६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको ...