मुख्य समाचार
सरकारले नै संसदीय गरिमा र मर्यादा भंग गर्ने काम गर्‍यो : नेपाली कांग्रेस
सरकारले नै संसदीय गरिमा र मर्यादा भंग गर्ने काम गर्‍यो : नेपाली कांग्रेस

: नेपाली कांग्रेसले वर्तमान सरकारले संसदीय गरिमा र मर्यादा जोगाउन नसकेको भन्दै सरकारको कामप्रति खेद प्रकट गरेको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले सरकारले नै संसदीय गरिमा र मर्यादा भंग गरेको आरोप लगाए।


उनले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भ्रमणबारे सदनमा जानकारी नगराएको भन्दै आपत्ती जनाए। देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा संसद अनविज्ञ हुनुपर्ने स्थिति आउनु लाजमर्दो भएको तर्क गरे।

'मित्रराष्ट्र भारतमा लोकसभाको निर्वाचन सम्पन्न भएको छ। लोकसभाको निर्वाच सम्पन्न भएलगत्तै महामहिम नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बन्नु भएको छ। हाम्रो पार्टीका सभापति शेरबहादर देउवाजीले महामहिम मोदीजीलाई बधाइ दिनु भएको छ। कार्याकालको पूर्ण सफलताको कामना गर्नु भएको छ। अरु तमाम पार्टीका नेताहरूले बधाइ दिनु भएको छ। कार्यकालको सफलताको कामना गर्नु भएको छ। यसै सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ज्यू भारत भ्रमणमा जानुभयो। भारतको लोकसभाको राम्रोसँग सम्पन्न भएको निर्वाचन सम्मान व्यक्त गर्न र मोदीजीलाई शुभकामना दिन जानु भयो। उहाँले राम्रो काम गर्नुभयो। यसका लागि कांग्रेस हार्किद धन्यवाद दिन चाहन्छ,'उनले भने,' यो सबै कुरा गर्दा प्रधानमन्त्रीज्यूले संघीय संसदलाई बिर्सनु भयो। हाम्रो परम्परा छ। संसदीय अध्यास छ। देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कुनै पनि मित्र राष्ट्रको भ्रमणमा जाँदा भ्रमणमा जानुभन्दा अघि उहाँको कार्यक्रमबारे जानकारी गराउने वाध्यात्मक रुपमा स्थापित भएको अभ्यास छ। आजभन्दा १ हप्ता पहिला जानु भएको हो। फर्फेर आउनु भएको पाँच दिन भइसक्यो। कांग्रेस धैर्यतापूर्वक कुरेर बसेका छ। प्रधानमन्त्री संसदमा उभिएर भारत भ्रमणका बारेमा जानकारी दिनुहोला भनेर । तर, उहाँ पाँच दिनसम्म यहाँ आउनसक्नु भएन।'




कांग्रेस प्रमुख सचेतक लेखकले राष्ट्रपति रामचन्द्रको विदेश भ्रमणबारे पनि संसद्अ नविज्ञ भएको बताए। उनले भने,'आजभन्दा केहीदिन पहिला राष्ट्रपति रामचन्द्र पौडेल मुलुक बाहिर जानुभयो। मलाई अचम्म लागेको छ, कार्यकारी प्रमुख प्रधानमन्त्री बाहिर जानुहुन्छ,राष्ट्रपति बाहिर जानु भएको । उहाँहरू मुलुक बाहिर गएको कुरा अखबर पढेर थाहा पाउनु परेको छ। म सरकारलाई स्मरण गराउन चाहन्छु। सरकारका कारणले संसदको न्यूनतम गरिमा र मर्यादा कायम हुन सकेको छैन। यसप्रति खेद प्रकट गर्न चाहन्छौं। ' उनले कांग्रेसले उठाएका विषयमा सरकारका तर्फबाट जानकारी गराउनका लागि रुलिङ गर्न माग गरे।

नेता लेखकले केही दिनयता प्रधानमन्त्री सदनमा नदेखेको भन्दै प्रधानमन्त्री अनुउपस्थितबार‍े सभामुखमार्फत जानकारी मागे।

संसदमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षीका सांसदमाथि दिएको अभिव्यक्तिको जवाफ प्रधानमन्त्रीले दिन नचाहेको बताए। उनले त्यसको जवाफ दिनुपर्छ भनेर प्रधानमन्त्री सदनबाट भाग्न खोजेको हो कि भन्ने आफूलाई लागेको बताए।

'प्रधानमन्त्रीज्यू सदनमा देखिनु भएको छैन। केही कारणले नआउनु भएको हो। केही समयअघि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेज्यूले संसदमै रहेका केही नेताहरुमाथि अत्यन्त लाञ्छनापूर्णले अभिव्यक्ति दिनुभयो। सो अभिव्यक्तिको जवाफ दिन हामीले प्रधानमन्त्रीसँग माग गरेका छौं। हामीले माग गरेका कुराको जवाफ दिन प्रधानमन्त्री तयारीमा जुट्नु भएको हो,'उनले भने,' त्यसको जवाफ दिनबाट डराएर भाग्नु भएको हो कि। सभामुखमार्फत् सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आफ्नै छोरालाई चक्कु प्रहार गरी भागेका नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) पक्राउ परेका छन्। डोटी घर भइ हाल सिनामंगलमा बस्दै आएका २९ वर्षीय (असइ) पुष्कर कार्कीलाई प्रहरीले थानकोटबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले आफ्नै छोराको हत्या गरी भाग्दै गरेका कार्कीलाई थानकोटबाट पक्राउ गरिएको जानकारी दिए। बिरामी छोराको उपचारका विषयमा कार्की ...
: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जनमत संग्रहको माग गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले जनमत संग्रहको माग गरेका हुन्। त्यस सम्बन्धमा प्रधानमन्त्री कार्कीले पुस २ गते निर्णय सुनाउने प्रसाईंले जानकारी दिए। 'राजसंस्था पुनःस्थापनाका लागि हामीले जनमत संग्रह गर्न माग गरेका छौं। प्रधानमन्त्रीज्युले त्यस विषयमा पुस २ गते निर्णय सुनाउने भन्नुभएको छ,' प्रसाईंले भने। उनले प्रधानमन्त्री कार्कीले ...
: निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले आज विज्ञप्तिमार्फत यही मंसिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटि सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरेको हो। आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५ गतेसम्म देशभरबाट संकलित मतदाता विवरणलाई अद्यावधिक अघि बढाइने बताए। आगामी फागुन २१ गते ...
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस ...
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस ...