मुख्य समाचार
एप्पलका डिभाइसमाथि प्रतिबन्ध लगाउने एलन मस्कको घोषणा
एप्पलका डिभाइसमाथि प्रतिबन्ध लगाउने एलन मस्कको घोषणा

वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स २०२४ को पहिलो दिन सोमबार एप्पलले आईओएस १८ लगायतका विभिन्न अपरेटिङ सिस्टम सार्वजनिक गर्‍यो ।

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि अबलम्बन गर्ने क्रममा कम्पनीले एप्पल इन्टेलिजेन्सको पनि घोषणा गरेको छ । यसका लागि एप्पलले च्याट जिपिटी निर्माता ओपन एआईसँग साझेदारीको घोषणा गरेको छ ।


एप्पल र ओपन एआईबीचको उक्त साझेदारीले कतिपयलाई भने रुष्ट बनाएको छ । यसरी रिसाउनेमा अर्बपति एलन मस्क पनि छन् जसले सोसल मिडिया प्लाटफर्म एक्सबाट आफ्नो आक्रोश व्यक्त गरेका छन् ।

एक्समा एक पोस्ट गर्दै मस्कले आफ्नो कार्यालयमा एप्पलका आइफोन तथा म्याकबुकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । त्योसँगै एलन मस्क स्वामित्वका एक्स, टेस्ला, स्पेस एक्सलगायतका कम्पनीका कर्मचारी तथा कार्यालयमा आउने बाहिरी मानिसहरुले समेत कार्यालयभित्र आइफोन तथा म्याकबुक प्रयोग गर्न पाउने छैनन् । आखिर एलन मस्कले किन यस्तो भनेका हुन् त ?


वास्वतमा ओपन एआई र एपपलबीचको साझेदारी निकै निरासाजनक रहेको मस्कले बताएका छन् ।

एक्समा गरेको पोस्टमा उनले लेखेका छन्-यदि एप्पलले आफ्नो अपरेटिङ सिस्टममा ओपन एआईलाई आबद्ध गरायो भने मेरा कम्पनीमा एप्पलका डिभाइसहरूमाथि बन्देज लगाइनेछ । यो स्वीकार्न नसकिने सुरक्षा उल्लंघन हो ।

एप्पलका सीईओ टिम कुकको पोस्टमा जवाफ दिंदै मस्कले यस्तो लेखेका हुन् ।

मस्कले ओपन एआईका विषयमा विभिन्न पोस्ट शेयर गरेका छन्। उनले ओपन एआईमाथि विभिन्न खालका गम्भीर आरोप लगाउँदै आएका छन् । ओपन एआईले प्रयोगकर्ताका डेटाहरुमाथि पहुँच स्थापित गर्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रूसले युक्रेनमाथि अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको छ। शुक्रबार रूसका सरकारी प्रवक्ताले युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा कुनै कूटनीतिक समाधान सम्भव नरहेको खुलासा गरेसँगै रुसले उक्त आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता निष्कर्षविहीन भएको केही घण्टापछि रूसले उक्त आक्रमण सुरू गरेको बीबीसीले जनाएको छ। किभसहित युक्रेनका अन्य ...
: हमासले गाजामा युद्धविराम र बन्धकको रिहाइका लागि अमेरिकी नयाँ प्रस्तावलाई आधिकारिक रूपमा प्रतिक्रिया दिनु अघि अन्य प्यालेस्टिनी समूहसँग परामर्श गरिरहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान हमासले आफ्नो योजनामा ​​सहमति जनाए–नजनाएको २४ घण्टाभित्र थाहा पाउने भनेका थिए। यसअघि मंगलबार ट्रम्पले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक पर्ने सर्तमा इजरायल सहमत ...
। सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वभरबाट करिब ९ हजार कर्मचारी कटौती गर्ने भएको छ । विश्वप्रसिद्ध कम्पनी माइक्रोसफ्टले यो वर्ष मात्रै तेस्रो पटक ठूलो संख्यामा कर्मचारी कटौती गर्ने निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कर्मचारी कटौतीको निर्णयले विभिन्न क्षेत्रलाई असर पर्ने बताएपनि माइक्रोसफ्टले विस्तृत जानकारी नदिएको बीबीसीले उल्लेख गरेको छ । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा ठूलो ...
— रुसले अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिएको छ । तालिबान सरकारलाई मान्यता दिने रुप पहिलो मुलुकसमेत बनेको छ । अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई रुसको कदमलाई 'साहसिक' निर्णयको संज्ञा दिएका छन् । बिहीबार मात्र काबुलमा विदेशमन्त्री मुत्ताकीले रुसका राजदूत दिमित्री जिरनोभसँग भेटवार्ता गरेका थिए । सोही भेटघाटमा राजदूत जिरनोभले इस्लामिक इमिरेट अफगानिस्तानलाई मान्यता ...
— इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्बनका लागि कानुन लागू गर्न आदेश जारी गरेका छन् । संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र यसको आणविक सुविधाहरू र वैज्ञानिकहरूको सुरक्षा पूर्ण रूपमा ग्यारेन्टी नभएसम्म एजेन्सीसँगको सहकार्य निलम्बन गर्न आह्वान गरेको बताए । पेजेश्कियानले मंगलबार इरानको आणविक ऊर्जा संगठन, इरानी ...