मुख्य समाचार
‘गाउँ आएको बाटो’को अमेरिकाब्यापी प्रदर्शन मिति घोषणा
‘गाउँ आएको बाटो’को अमेरिकाब्यापी प्रदर्शन मिति घोषणा

। नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को अमेरिका प्रदर्शन मिति घोषणा भएको छ । वितरक प्याट्रिक सुवेदीले यो फिल्मलाई जुन २१ (असार ७)देखि अमेरिकाब्यापी रिलिज गर्न लागेका हुन् ।

दुई चरणमा फिल्म रिलिज हुने जनाइएको छ । जसअनुसार, जुन १९ मा लस एन्जलस, सनफ्रान्सिस्को र सिकागोमा फिल्म रिलिज हुनेछ ।


जुन १९ मा मेरिल्याण्डको सिल्भर स्प्रिङ्समा रेडकार्पेट स्क्रिनिङको तयारी छ । जुन २१ देखि बक्सअफिस रिलिजको सिलसिला सुरु हुनेछ ।

जसअनुसार ड्यालस टेक्सस, ओमाहा नेब्रास्का, पेन्सिलभेनियाको एरी र मोन्रोभाइल, टेक्ससको अस्टिन, आयोआ सहर, क्यालिफोर्नियको रिचमण्ड, मिजौरीको सेन्ट लुईसमा रिलिज निश्चित छ ।


साथै, मेरिल्याण्डको कोलम्बिया, क्यालिफोर्नियाको फरमोन्ट र लेकउड, ओहायाको कोलम्बस, क्लिभल्याण्ड र सिन्सिनाटी, म्यासाचुसेट्सको बोस्टन, कनेक्टिकटको हार्टफोर्ड, इलिनोइसको नाइल्स र न्यू हाम्सायरको हुकसेटमा फिल्म सो मितिमा रिलिज निश्चित भएको छ ।

मध्यपूर्वमा विहिबारदेखि फिल्म प्रदर्शनमा आएको छ । नेपालमा भने शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पछिल्लो फिल्म ‘धुरन्धर’ को कारण चर्चामा रहेका अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गुपचुप इन्गेजमेन्ट गरेका छन् । रामपाल आफैंले यो कुराको खुलासा गरे । साथै, प्रेमिका गेब्रिएलाले आफूहरूले चाँडै विवाह गर्न सक्ने बताएकी छन् । रामपाल हालै रिया चक्रवर्तीको पोडकास्टमा आफ्नी प्रेमिका गेब्रिएलासँग प्रस्तुत भए । दुवैले सम्बन्धको बारेमा छलफल गरे । कुराकानीको क्रममा गेब्रिएलाले ...
। रणवीर सिंह, अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले नेपालको बक्सअफिसमा समेत उत्साहजनक कमाइ गरिरहेको देखिएको छ । आइतबार मध्यान्हसम्म फिल्मको नेपाल कमाइ ५ करोड ग्रस नाघेको छ । सिनेपाः बक्सअफिसमा फिल्मको कूल कलेक्सन आइतबार दिउँसो १२ बजेसम्म ५ करोड १२ लाख २० हजार २६४ नेरु ग्रस पुगेको छ । शनिबार मात्रैको कलेक्सन ८० लाख ...
। चर्चित लोकदोहोरी गायिका रीता थापामगरलाई नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ । उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी वर्तमान केन्द्रीय अध्यक्ष पनि हुन् । कांग्रेस धादिङ २ ले थापामगरसहित ८ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ भने प्रत्यक्षतर्फ ११ जनाको नाम पठाएको छ । माघ ११ मा ...
। के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ स्टार लिसा अहिले अभिनयमा केन्द्रित छिन् । आफ्नो देश थाइल्यान्डमा छायांकन गरिएको ‘द ह्वाइट लोटस’ सिजन ३ बाट अभिनयमा डेब्यू गरेकी उनको अभिनय रुचि यत्तिकैमा सीमित छैन । पपस्टार अभिनयमा फर्किँदैछन्, त्यो पनि पहिलोभन्दा ठूलो क्यानभासमा । डिसेम्बर ५ मा ‘टाइगो’ नामक कोरियाली फिल्ममा उनले अभिनय गर्ने हल्ला चलेको थियो । कोरियाली मिडियाले ...
। हलिउड स्टार लियोनार्दो डिक्याप्रियोलाई प्रतिष्ठित टाइम म्यागजिनले ‘इन्टरटेनर अफ द इयर २०२५’ को रुपमा घोषणा गरेको छ । विश्वचर्चित म्यागजिनले निर्देशक पल थोमस एन्डरसनको ब्ल्याक कमेडी फिल्म “वन ब्याटल आफ्टर अनदर’ मा उनको अभिनयको लागि डिक्याप्रियोलाई सम्मान गरेको हो । फिल्ममा, डिक्याप्रियोले एक पूर्वक्रान्तिकारीलाई आफ्नी छोरीसँग निरन्तर पागलपनसहित बाँचिरहेको पात्रको रुपमा चित्रण गरेका छन्, जबसम्म १६ ...