मुख्य समाचार
यो साता ओटीटीमा आमिर खानका छोराको डेब्यु फिल्मदेखि ‘हाउस अफ द ड्रागन’सम्म
यो साता ओटीटीमा आमिर खानका छोराको डेब्यु फिल्मदेखि ‘हाउस अफ द ड्रागन’सम्म

। यो साता ओटीटी प्लाटफर्ममा चर्चित फिल्म र सिरिज रिलिज हुँदैछन् । यसपटक धेरै हिट शो ओटीटीमा फर्किएका छन् भने हलमा कमजोर व्यापार गरेका फिल्म पनि दोस्रो मौका खोज्दै ओटीटीमा आएका छन् ।

यी हुन् यो साता आउन लागेका केही फिल्म र सिरिज




हाउस अफ द ड्रागन सिजन २

एचबीओको सुपरहिट काल्पनिक नाटक ‘गेम अफ थ्रोन्स’को प्रिक्वेल सन् २०२२ मा रिलिज हुँदा मूल फिल्मभन्दा पनि राम्रोसँग डब गरिएको थियो । ‘हाउस अफ द ड्रागन’को दोस्रो सिजन जुन १६ मा जियो सिनेमामा रिलिज हुनेछ । पछिल्लो सिजनमा षड्यन्त्र र बदलाका धेरै कुरा हेर्न पाइनेछ भने ड्रायगन फायर पनि प्रशस्तै समेटिएको छ ।




लेखक मार्टिनको आइस एन्ड फायर गीतबारेको पुस्तक ‘फायर एन्ड ब्लड’मा आधारित यो सिरिजले काल्पनिक महाद्वीप वेस्टेरोसमा टार्गेरियन राजवंशलाई पछ्याउँछ । यो गेम अफ थ्रोन्सको घटना हुनुभन्दा झण्डै २०० वर्षअघि र टार्गेरेन्सले सात राज्यलाई एकताबद्ध गरेको करिब १०० वर्षपछि भएको हो ।

महाराज

जुनैद खानले यो सिरिजमा जयदीप अहलावतसँगै डेब्यु गरेका छन् । यो सिरिजले सन् १८६२ को महाराज लिबेल केसमा सामाजिक मान्यता र शक्तिशाली व्यक्तित्वलाई चुनौती दिने पत्रकार करसनदास मुलजीको बारेमा कथा भन्छ । बलिउड अभिनेता आमिर खानका छोरा जुनैदले यो सिरिजबाट अभिनयमा डेब्यु गरेका हुन् । यो सिरिज जुन १४ मा नेटफ्लिक्समा रिलिज हुनेछ ।

ब्रिजरटन सिजन ३ (भाग २)

ब्जरटन सिजन ३ को भाग १ नेटफ्लिक्समा रिलिज भएको एक वर्षपछि भाग २ आउन लागेको हो । भाग १ दुई मुख्य पात्र पेनेलोप र कोलिनको सम्बन्धको वरपर घुमेको थियो । उनीहरुले मित्रतालाई तोडेर अघि बढेका थिए । भाग दुई पनि समग्रमा यी जटिलताबीच घुम्नेछ । यो सिजन झनै रोचक र कौतुहल हुने अपेक्षा छ । यो सिरिज नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको छ ।

द ब्वायज सिजन ४

व्यंग्यात्मक सुपरहिरो श्रृंखला ‘द ब्वाइज’ले बिहीबार प्राइम भिडियोमा सिजन चारको पहिलो तीन एपिसोड सार्वजनिक गरेको छ । फर्किने कास्ट सदस्यहरूमा कार्ल अर्बन, ज्याक क्वाइड, एन्टोनी स्टार, जेसी टी. अशर, एरिन मोरियार्टी र चेस क्रफोर्ड समावेश छन् । यो सिरिज प्राइम भिडियोमा स्ट्रिमिङ भइरहेको छ ।

लभकी एरेन्ज म्यारिज

सन्नी सिंह र अवनीत कौरले अभिनय गरेको रोमान्टिक कमेडी, जहाँ व्यवस्थित विवाहको समारोहले अप्रत्यासित रोमान्स र पारिवारिक जटिलता निम्त्याउँछ । यो फिल्ममा अन्नु कपुर र सुप्रिया पाठकले माया खोज्ने आमाबाबुको रूपमा मुख्य भूमिका निर्वाह गरेका छन् । यो फिल्म जुन १४ मा जी फाइभमा रिलिज भएको छ ।

गान्थ

दिल्लीमा सेट गरिएको ‘गान्थ’ एक मनमोहक क्राइम-ड्रामा हो, जसले अफिसर गदर सिंहको नेतृत्वमा सामूहिक आत्महत्या प्रकरणको अनुसन्धानलाई पछ्याउँछ । यसका लागि कुशल मनोचिकित्सक इन्टर्न साक्षी मुर्मुसँग सहकार्य पनि गर्छ । के यी दुईले उक्त प्रकरण हल गर्न सक्षम हुनेछन् ? सिरिजमा मानव विज, मोनिका पनवार, सलोनी बत्रा, गोपाल दत्त लगायतका कलाकारको अभिनय छ । यो फिल्म जियो सिनेमामा जुन १२ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...