मुख्य समाचार
मेड इन नेपाल हुन्डाई भेन्युको बिक्री सुरु, कति पर्छ मूल्य ?
मेड इन नेपाल हुन्डाई भेन्युको बिक्री सुरु, कति पर्छ मूल्य ?

। नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन गरी बिक्री वितरण सुरु गरेको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।




लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरू सरहकै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सिप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल गाहर्स्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।


प्रथम चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरू भेरियन्टहरूको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको छ ।

यसै आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आई१० एनआईओएसका साथै अल न्यु हुन्डाई क्रेटाको उत्पादन पनि सुरु हुने कम्पनीको भनाइ छ ।

हेर्नुहोस् मूल्य तालिका :

क्र.सं. मोडल क्षमता फ्युअल एमआरपी
१ भेन्यु एफएल १.२ एस ११९९सीसी पेट्रोल ४४,९६,०००
२ भेन्यु एफएल १.२ एसएक्स ११९७सीसी पेट्रोल ५३,५६,०००

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गुगलको पिक्सल १० सिरिजको डिभाइसले एप्पलको एयरड्रप पनि सर्पोट गर्नेछ । एन्ड्रोइडबाट आइफोन र आइफोनबाट एन्ड्रोइडमा सिफ्ट हुनु धेरैका लागि कठिन हुन्छ । मुभ टु आईओएसजस्ता एप्सले पहिलेको दाँजोमा डाटा ट्रान्सफरलाई केही सहज बनाइदिएका छन्, तर अझै पनि केही कठिनाई कायम छन् । पुरानो फोनबाट नयाँमा डाटा ट्रान्सफर गर्नमै घण्टौं लाग्नसक्छ । तर अब यी सबै ...
। नेपाल उद्योग परिसंघ (सीएनआई) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल–स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवम् समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्ने भएको छ । आगामी डिसेम्बर १३ (२७ मंसिर) शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपा, ललितपुरमा सञ्चालन हुने एकदिने प्रदर्शनीले नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रबर्द्धन, स्वदेशी उद्योग ...
चैते धान उत्पादनमा वृद्धिमात्र होइन, क्षेत्रफल र उत्पादकत्वमा समेत उल्लेख्य वृद्धि भएको सरकारी तथ्यांक
— आन्तरिक रूपमा मालवस्तु ढुवानीमा कर तथा शुल्क नलगाउन संघीय सरकारले प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । प्रदेश सरकार र स्थानीय तहले एक प्रदेशबाट अर्को प्रदेश वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तारमा कुनै पनि किसिमको कर र शुल्क लगाउन पाउने कानुनी व्यवस्था नहरेको भन्दै संघीय सरकारको ...
— मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो । तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको प्रथम चौमासिकमा यो नाका ...