मुख्य समाचार
युरो २०२४ मा कुन समूहको खेल कति बेला ?
युरो २०२४ मा कुन समूहको खेल कति बेला ?

। मिनी विश्वकप भनिने फुटबल प्रतियोगिता युईएफए युरो २०२४ शुक्रबार सुरु हुँदैछ ।

१७औं संस्करणको युरो जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका विभिन्न १० शहरको १० स्टेडियममा सञ्चालन हुँदैछ । युरो २०२४ मा युरोपका उत्कृष्ट २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

युरोको उद्घाटन खेलमा आयोजक जर्मनीले स्कटल्याण्डसँग जुन १४ मा खेल्नेछ । यो खेल म्युनिखमा नेपाली समय अनुसार शुक्रबार मध्यराति १२:४५ बजे सुरु हुनेछ ।

यस्तै प्रतियोगिताको फाइनल जुलाई १४ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

२०२० को युरो खेलेका च्याम्पियन इटलीसहित १९ टिमले यस पटक पनि युरो खेल्दैछन् । जर्जिया नयाँ टिमको रुपमा युरोमा डेब्यु गर्दैछ भने अल्वानिया, स्लोभेनिया, सर्विया र रोमानियाले पनि पुनरागमन गरेका छन् ।

यस पटक छनोट हुन नसकेका ठूला टिममा स्वीडेन, रुस र वेल्स हुन् । यस्तै एर्लिन हालान्ड र मार्टिन ओडेगार्ड जस्टा स्टार भएको नर्वे पनि छनोट हुन सकेन ।

जर्मनी र स्पेनले अहिलेसम्म सर्वाधिक ३-३ पटक युरो जितेका छन् । यस पटक यी दुईमध्ये कुनै एकले उपाधि जितेमा सर्वाधिक ४ पटक च्याम्पियन हुनेछ ।

युरो २०२४ मा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर युरो खेलाइनेछ । हरेक समूहमा ४-४ टिम हुनेछन् ।

प्रतियोगिता लिग कम नकआउट शैलीमा खेलाइनेछ । समूह चरणमा ६ समूहको गरी कूल ३६ खेल हुनेछन् ।

हरेक समूहको शीर्ष दुई टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् । यस्तै तेस्रो हुने ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् । अन्तिम १६ देखि फाइनलसम्म नकआउट चरणका १५ खेल हुनेछ र युरोमा कूल ५१ खेल हुनेछ ।

युरो २०२४ समूह विभाजन

समूह ए : जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीट्जरल्याण्ड

समूह बी : स्पेन, क्रोएसिया, इटली, अल्वानिया

समूह सी : इंग्ल्याण्ड, डेनमार्क, सर्विया, स्लोभेनिया

समूह डी : फ्रान्स, नेदरल्याण्ड्स, पोल्याण्ड, अष्ट्रिया

समूह ई : बेल्जियम, स्लोभाकिया, रोमानिया, युक्रेन

समूह एफ : पोर्चुगल, टर्की, चेक रिपब्लिक, जर्जिया

यस्तो छ खेलतालिका

समूह ए

जुन १४ : जर्मनी भर्सेस स्कटल्याण्ड, मध्यराति १२:४५ बजे

जुन १५ : हंगेरी भर्सेस स्वीट्जरल्याण्ड, साँझ ६:४५ बजे

जुन १९ : जर्मनी भर्सेस हंगेरी, राति ९:४५ बजे

जुन १९ : स्कटल्याण्ड भर्सेस स्वीट्जरल्याण्ड, मध्यराति १२:४५ बजे

जुन २३ : स्वीट्जरल्याण्ड भर्सेस जर्मनी, मध्यराति १२:४५ बजे

जुन २३ : स्कटल्याण्ड भर्सेस हंगेरी, मध्यराति १२:४५ बजे

समूह बी

जुन १५ : स्पेन भर्सेस क्रोएसिया, राति ९:४५ बजे

जुन १५ : इटली भर्सेस अल्वानिया, मध्यराति १२:४५ बजे

जुन १९ : क्रोएसिया भर्सेस अल्वानिया, साँझ ६:४५ बजे

जुन २० : स्पेन भर्सेस इटली, मध्यराति १२:४५ बजे

जुन २४ : अल्वानिया भर्सेस स्पेन, मध्यराति १२:४५ बजे

जुन २४ : क्रोएसिया भर्सेस स्पेन, मध्यराति १२:४५ बजे

समूह सी

जुन १६ : स्लोभेनिया भर्सेस डेनमार्क, राति ९:४५ बजे

जुन १६ : सर्विया भर्सेस इंग्ल्याण्ड, मध्यराति १२:४५ बजे

जुन २० : स्लोभेनिया भर्सेस सर्विया, साँझ ६:४५ बजे

जुन २० : डेनमार्क भर्सेस इंग्ल्याण्ड, राति ९:४५ बजे

जुन २५ : इंगल्याण्ड भर्सेस स्लोभेनिया, मध्यराति १२:४५ बजे

जुन २५ : डेनमार्क भर्सेस सर्विया, मध्यराति १२:४५ बजे

समूह डी

जुन १६ : पोल्याण्ड भर्सेस नेदरल्याण्ड्स, साँझ ६:४५ बजे

जुन १७ : अष्ट्रिया भर्सेस फ्रान्स, मध्यराति १२:४५ बजे

जुन २१ : पोल्याण्ड भर्सेस अष्ट्रिया, राति ९:४५ बजे

जुन २१ : नेदरल्याण्ड्स भर्सेस फ्रान्स, मध्यराति १२:४५ बजे

जुन २५ : नेदरल्याण्ड्स भर्सेस अष्ट्रिया, राति ९:४५ बजे

जुन २५ : फ्रान्स भर्सेस पोल्याण्ड, राति ९:४५ बजे

समूह ई

जुन १७ : रोमानिया भर्सेस युक्रेन, साँझ ६:४५ बजे

जुन १७ : बेल्जियम भर्सेस स्लोभाकिया, राति ९:४५ बजे

जुन २१ : स्लोभाकिया भर्सेस युक्रेन, साँझ ६:४५ बजे

जुन २२ : बेल्जियम भर्सेस रोमानिया, मध्यराति १२:४५ बजे

जुन २६ : स्लोभाकिया भर्सेस रोमानिया, राति ९:४५ बजे

जुन २६ : युक्रेन भर्सेस बेल्जियम, राति ९:४५ बजे

समूह एफ

जुन १८ : टर्की भर्सेस जर्जिया, राति ९:४५ बजे

जुन १८ : पोर्चुगल भर्सेस चेक रिपब्लिक, मध्यराति १२:४५ बजे

जुन २२ : जर्जिया भर्सेस चेक रिपब्लिक, साँझ ६:४५ बजे

जुन २२ : टर्की भर्सेस पोर्चुगल, राति ९:४५ बजे

जुन २६ : जर्जिया भर्सेस पोर्चुगल, मध्यराति १२:४५ बजे

जुन २६ : चेक रिपब्लिक भर्सेस टर्की, मध्यराति १२:४५ बजे

राउण्ड अफ १६

२९ जुन : समूह ए को उपविजेता भर्सेस समूह बी को उपविजेता, राति ९:४५ बजे

२९ जुन : समूह ए को विजेता भर्सेस समूह सी को उपविजेता, मध्यराति १२:४५ बजे

३० जुन : समूह सी को विजेता भर्सेस तेस्रो स्थान समूह डी वा ई वा एफ, राति ९:४५ बजे

३० जुन : समूह बी को विजेता भर्सेस तेस्रो स्थान ए वा डी वा इ वा एफ, मध्यराति १२:४५ बजे

१ जुलाई : समूह डी को उपविजेता भर्सेस समूह इ को उपविजेता, राति ९:४५ बजे

१ जुलाई : समूह एफ को विजेता भर्से तेस्रो स्थान समूह ए वा बी वा सी, मध्यराति १२:४५ बजे

२ जुलाई : समूह ई को विजेता भर्से तेस्रो स्थान समूह ए वा बी वा सी वा डी, राति ९:४५ बजे

२ जुलाई : समूह डी को विजेता भर्सेर समूह एफको उपविजेता, मध्यराति १२:४५ बजे

क्वार्टरफाइनल

५ जुलाई : खेल नम्बर ३९ को विजेता भर्सेस खेल नम्बर ३७ को विजेता, राति ९:४५ बजे

५ जुलाई : खेल नम्बर ४१ को विजेता भर्सेस खेल नम्बर ४२ को विजेता, मध्यराति १२:४५ बजे

६ जुलाई : खेल नम्बर ४० को विजेता भर्सेस खेल नम्बर ३८ को विजेता, राति ९:४५ बजे

६ जुलाई : खेल नम्बर ४३ को विजेता भर्सेस खेल नम्बर ४४ को विजेता, मध्यराति १२:४५ बजे

सेमिफाइनल

९ जुलाई : पहिलो क्वार्टरफाइनल विजेता भर्सेस दोस्रो क्वार्टरफाइनल, विजेता मध्यराति १२:४५ बजे

१० जुलाई : तेस्रो क्वार्टरफाइनल विजेता भर्सेस चौथो क्वार्टरफाइनल, विजेता मध्यराति १२:४५ बजे

फाइनल

१४ जुलाई : सेमिफाइनल वानको विजेता भर्सेस सेमिफाइनल, टु को विजेता मध्यराति १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...