मुख्य समाचार
खराब मौसमले नेपाली क्रिकेट टोलीको वेस्ट इन्डिज उडान रद्द
खराब मौसमले नेपाली क्रिकेट टोलीको वेस्ट इन्डिज उडान रद्द

। मौसममा खराबी आएपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् ।

निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा पनि प्रभावित भएको हो । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणका २ खेल खेल्न नेपाली टिम बुधबार वेस्ट इन्डिज जाने तालिका थियो ।

वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका छ । भारी वर्षाका कारण मंगलबार श्रीलंका र नेपालबीचको खेल पनि रद्द हुन पुगेको थियो । खेल रद्द हुुँदा दुवैले अंक बाँडेका थिए ।

नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

अमेरिकाको दक्षिणी क्षेत्र फ्लोरिडामा भारी वर्षा भइरहेकाले सचेत रहन अमेरिकी सरकारले सूचना जारी गरेको छ । यो साताको अन्तिमसम्म वर्षा जारी रहने सम्भावना भएकाले फ्लोरिडा लगायत क्षेत्रमा आँधिबेहेरीसहित बाढी आउन सक्ने समेत सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...