मुख्य समाचार
कर्मचारीको मोटोपना घटाउन कम्पनीको अनौठो कार्यक्रम
कर्मचारीको मोटोपना घटाउन कम्पनीको अनौठो कार्यक्रम

संसारमा स्वस्थ रहन को नै पो नचाहला र ? जो कोही पनि स्लिम, ट्रिम तथा फिट देखिन चाहन्छ। तथापि दिनभर घर परिवार तथा जागिर, व्यवसायको व्यस्तताका बीच आफ्नो स्वास्थ्यको ख्याल गर्नका लागि हामीले खासै फुर्सद पाउँदैनौं ।

कामकाजीका लागि प्रायः यस्तो स्थिति आउँछ कि नचाहँदा नचाहँदै पनि बाहिरको खानेकुरा खानुपर्छ । यस्तोमा यदि तपाईंको अफिसले नै तपाईंलाई स्वस्थ राख्नका लागि सहयोग गर्‍यो भने त्यो सुनमा सुगन्ध हुन्छ । कर्मचारीको यही अपेक्षालाई चीनको एउटा कम्पनीले पूरा गरेको छ।




चीनको एक प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरुको वजन कम गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि कम्पनीले करिब डेढ लाख अमेरिकी डलर बराबरको कोष नै खडा गरेको छ ।

Insta360 नामक उक्त कम्पनी चीनको दक्षिणी गुआंगडोंग प्राप्तस्थित शेन्जेन सहरमा रहेको छ । कम्पनीले गतवर्षको सुरुवातमा स्लिमिंग इनिसिएटिभ नामक उक्त कार्यक्रमको सुरुवात गरेको हो ।




उक्त कार्यक्रमका लागि निकै धेरै कर्मचारीले आवेदन गर्न थालेसँगै कम्पनीले त्यसका लागि मोटोपनाबाट ग्रस्त मानिसहरुलाई प्राथमिकता दिएको छ ।


हरेक सिबिरमा सदस्यहरूलाई तीनवटा समूहमा बाँडिएको छ जसमा दुईवटा समूहमा १०/१० जना छन् भने तेस्रोमा पाँचजना छन् । उनीहरूको सबैको हरेक हप्ता वजन लिने गरिन्छ । उक्त समूहका सदस्यहरुले औसतमा आधा केजी वजन घटाएबापत ४०० युआन पुरस्कार दिइन्छ।

तर, यदि समूहका कुनै सदस्यको वजन बढ्यो भने कसैलाई पनि बोनस दिइँदैन र प्रत्येक सदस्यमाथि ५ सय युआन जरिवाना लगाइनेछ ।

समाचार अनुसार उक्त कार्यक्रम सुरु भएको तीन महिनाको अवधिमा हालसम्म शिविरमा रहेका कुनै पनि कर्मचारीको वजन बढेको छैन ।

ली नामका एकजना कर्मचारीका अनुसार समूह निर्माणले कर्मचारीहरुमा एउटा नैतिक आयाम पनि थपिरहेको छ । उनीहरूले आफ्ना सहकर्मीहरूलाई हराउन चाहँदैनन् । किनकि यदि तपाईं दुब्लाउन सक्नुभएन भने तपाईं आफूले मात्र होइन आफ्नो समूहका अरुले पाउने बोनसमा पनि असर पार्नुहुनेछ ।

ली ले हरेक दिन कामपछि दौडिने, पौडिने तथा बास्केटबल खेल्ने जस्ता शारीरिक व्यायाम गर्दछन् । तीन महिनाको अवधिमा उनले साडे १७ केजी वजन घटाएर ७ हजार ४१० युआन पुरस्कार जिते ।

उनी भन्छन्- वजन कम गरेपछि म निकै राम्रो स्थितिमा छु। मेरो भुँडी घटेको छ । मैले निकै हलुका महसुस गरेको छु ।

कम्पनीको यस्तो पहललाई लिएर सोसल मिडियामा निकै प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी)लाई आतंकवादी संगठन घोषणा गरेका छन्। एन्टिफाका सदस्य वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरूले नव–नाजीवाद, नव–फासीवाद, गोरा सर्वोच्चतावाद र जातीय भेदभाव जस्ता रूढिवादी अति दक्षिणपन्थी विचारधाराविरुद्ध आवाज उठाउँदै आएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने,ʻम एक खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई एक प्रमुख आतंकवादी संगठनको रूपमा ...
: गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण सुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्। रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ। मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच छलफल भएको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्,'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्। एक अष्ट्रेलियाका पत्रकारले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल सुरू भएदेखि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले प्रश्नले नै अष्ट्रेलियालाई ठूलो चोट पु्र्‍याएको प्रतिक्रिया दिएका छन्। उनले भने,'मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनु भएको छ।' अष्ट्रेलियाका ब्रोडकास्टिङ ...
: अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानी सीमामा भेनेजु्एलाको लागुऔषध बोकेको डुंगामा आक्रमण गरी ध्वस्त बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकातर्फ गइरहेको उक्त डुंगा आक्रमण गरी ध्वस्त बनाएको बताएका छन्। ट्रमका अनुसार उक्त घटनामा तीनजनाको मृत्यु भएको छ। उनले यो कारवाही 'हिंसक लागुऔषध तस्करी गिरोह'विरुद्ध भएको दावी गरेका छन्। यद्दपि उनले डुंगामा लागुऔषध रहेको कुनै प्रमाण दिएका ...