मुख्य समाचार
प्रत्येक महिनामा उच्च तापक्रम : नासा
प्रत्येक महिनामा उच्च तापक्रम : नासा

: विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’


पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम २०औँ शताब्दीको आधारभूत रेखा (सन् १९५१ देखि १९८०) भन्दा दुई दशमलव ३४ डिग्री फरेनहाइट (एक दशमलव तीन डिग्री सेल्सियस) रहेको मङ्गलबारको विश्लेषणले देखाएको छ ।

जमिनमा मौसम स्टेसन र महासागरहरूमा उपकरणका विशाल नेटवर्कबाट तापक्रम रिडिङहरूको आधारमा वैज्ञानिकहरूले पत्ता लगाउँछन् । उक्त रेकर्ड मानव गतिविधिहरू विशेषगरी हरितगृह ग्यास उत्सर्जनद्वारा सञ्चालित दीर्घकालीन तापक्रम प्रवृत्तिको भाग हो ।




नासाका प्रमुख वैज्ञानिक तथा वरिष्ठ जलवायु सल्लाहकार केट क्याल्भिनले भने, ‘हामीले धेरै तातो दिनहरू, धेरै तातो महिनाहरू, धेरै तातो वर्षहरू अनुभव गरिरहेका छौँ । तापक्रममा हुने यो वृद्धि हाम्रो हरितगृह ग्यास उत्सर्जनद्वारा सञ्चालित छन् र यसले विश्वभरका मानिस र पारिस्थितिकीय प्रणालीहरूलाई असर गरिरहेको हामीलाई थाहा छ ।’

विश्लेषणका अनुसार १९औँ शताब्दीको उत्तरार्धमा रेकर्ड राख्ने काम सुरु भएदेखि पछिल्लो १० वर्ष लगातार सबैभन्दा न्यानो १० वर्ष भएको विगतका चार दशकहरूमा यो प्रवृत्ति स्पष्ट भएको छ ।
-रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नो पहिलो एआई–सञ्चालित वेब ब्राउजर ʻच्याटजीपीटी एटलसʼ लन्च गरेको छ। यसलाई धेरै विश्लेषकले गुगल क्रोमको सबैभन्दा ठुलो प्रतिद्वन्द्वीको रूपमा हेरेका छन्। कम्पनीका सीईओ साम अल्टम्यानले एटलसले परम्परागत ब्राउजर अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने बताए। यसले ठेगाना पट्टीको सट्टा सिधै च्याटजीपीटी इन्टरफेसबाट काम गर्ने उनले बताए। एटलसको पहिलो संस्करण हाल एप्पल ...
: दोलखाको गौरीशंकर गाउँपालिका–९ नाँ गाउँमा नेपाल टेलिकमको सेवा पुगेको छ। नेपाल टेलिकमले गाउँमा नमस्तेको मोबाइल टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो। योसँगै नाँ गाउँका बासिन्दाले पहिलोपटक मोबाइल नेटवर्कमार्फत सञ्चार सुविधा पाउन थालेका छन्। नेपाल टेलिकमको सेवा सुचारु भएपछि गाउँमा सञ्चार सहज र प्रभावकारी बनेको वडा नं. ९ का वडाअध्यक्ष निमागेली शेर्पाले बताए। टेलिकम सेवाको विस्तारले ...
। विश्वकै सबैभन्दा चर्चित तथा धनी युट्युबर मिस्टर बिस्ट अर्थात् जिमी डोनाल्डसनले आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार यदि एआई टूलहरुले मानिसले जत्तिकै वा त्यो भन्दापनि उत्कृष्ट गुणस्तरको भिडियो बनाउन थालेमा आगामी दिनमा यो युट्युब क्रियटरहरुको भविष्यका लागि ठूलो खतरा बन्न सक्दछ । मिस्टर बिस्टले सोसल मिडिया प्लाटफर्म एक्समा लेखेका छन्ः एआईबाट ...
यस वर्षको मनसुनले असोजको अन्त्यतिर अप्रत्याशित रूपमा भारी वर्षा ल्याएर ठूलो धनजनको क्षति भयो । मौसम सफा रहनुपर्ने महिना भए पनि लगातार दुई वर्ष उही समयमा ठूलो वर्षा भएको छ र जनधनको क्षति हुन पुगेको छ । त्यसो त सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सरकारले निकै सक्रियता देखायो । जनधनको क्षति भए पनि सरकारको सक्रियताले प्रशंसा पाइरहेको बेला मौसम पूर्वानुमानन ...
: अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक अकाउन्ट बनाएको पाइएको छ। प्रधानमन्त्रीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार पोष्ट गरेको पाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले यस किसिमका गैरकानुनी कार्य गर्नेलाई कानुनबमोजिम कारवाही हुने बताए। उनले भने,' प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी ...