मुख्य समाचार
गोरखाका दुई युवा तिब्बतमा पक्राउ
गोरखाका दुई युवा तिब्बतमा पक्राउ

: गोरखा छेकम्पारका दुई युवालाई तिब्बत प्रहरीले पक्राउ गरेको छ। चुमनुब्री गाउँपालिका-७ (साविक छेकम्पार गाविस) स्थित लामागाउँका कर्मा राप्के लामा र छुले गाउँका कर्मा छेदेन लामालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरु दुवैजना अन्दाजी ३० बर्षका युवाहरु हुन्।
करिब डेढ महिनाअघि दुवै जनालाई तिब्बती प्रहरीले तिब्बती भूमिबाटै पक्राउ गरेको स्थानीयबासीले बताएका छन्। तिब्बती पक्षबाट टेलिफोन सम्पर्क गरी बोलाएर पक्राउ गरेको बताइएको छ।




उनीहरु पक्राउ परेको बारे ढिला गरी जानकारी आएको सो गाउँपालिकाका अध्यक्ष निमा लामाले जनाएका छन्। ‘उनीहरु तिब्बतमा पक्राउ परेका छन् भन्ने अनौपचारिक रुपमा जानकारीमा आएको छ, तर आधिकारिक रुपमा आएको छैन’, गाउँपालिकाका अध्यक्ष लामाले भने, ‘पक्राउ परेकाहरुको परिबारले पनि आधिकारिक रुपमा जानकारी गराएका छैनन्।’

जिल्ला प्रहरी कार्यालय गोरखाले पनि सो घटना बारे अनौपचारिक रुपमा मात्र थाहा पाएको जनाएको छ। सो गाउँका सबैजना यार्सागुम्बा संकलन गर्न लेकमा गएको हुँदा सत्यतथ्य सोधपुछ गर्न नसकिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका दुई युवाका आफन्तजनसहित सबै गाउँले तिब्बती सीमा आसपासको लेकमा यार्सागुम्बा संकलन गर्न गएको हुँदा विस्तृत जानकारी प्राप्त हुन सकेको छैन। पक्राउ पर्नुका कारण तथा पक्राउ परेको मिति समेत खुलेको छैन।

बिगत पाँच बर्षदेखि चिनियाँ सरकारले गोरखा र तिब्बतको सीमानामा पर्ने मुलाढाज्यान नाका बन्द गरेको छ। नाका बन्द भए पनि यी दुई युवालाई सीमानामा बोलाएर पक्राउ गरेको हो। गम्भीर आरोपमा उनीहरु पक्राउ परेको हुनसक्ने स्थानीयबासीको अनुमान छ। जिल्ला सदरमुकामबाट ५० कोशभन्दा टाढा रहेको छेकम्पार तिब्बती सीमा क्षेत्रमा पर्ने गोरखाको अन्तिम गाउँ हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...
— भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उत्तर प्रदेशको बलरामपुर जिल्लाको फुलवरिया बाइपासमा भएको सडक दुर्घटनामा २१ जना नेपाली घाइते भएका छन् । सुनौलीबाट दिल्ली गइरहेको यूपी २२ एटी ०२४ नम्बरको बस मंगलबार बिहान यूपी २१ डीटी ५२३७ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको हो । ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको बलरामपुरका एसपी ...
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...