मुख्य समाचार
नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित
नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेका र दर्जनौंलाई अपहरण गरेको छ ।


'लुटेराहरूले आइतवार गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेका र दर्जनौं बासिन्दाहरूलाई अपहरण गरेका छन् । यसमा अधिकांश महिला र बालबालिका छन्,' काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले एएफपीलाई बताए। अपहरणमा परेकाहरुको सङ्ख्या पत्ता लगाउन आफ्नो कार्यालयले काम गरिरहेको इसाले बताए।

कात्सिना प्रहरीले सोमबार ढिलो एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ ।




'सशस्त्र डाकुहरूले गिदान बोका गाउँमा आक्रमण गरको र १५ जना व्यक्तिको मृत्यु र दुई जना घाइत भएको,' प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अपराधीहरूले भाग्ने क्रममा नजिकैको नकवाबो गाउँका पाँच जना बासिन्दालाई पनि गोली हानेर हत्या गरेका थिए ।

राष्ट्रपति बोला अहमद टिनुबुले एक विज्ञप्तिमा, ‘भयानक र भयावह’ आक्रमणको निन्दा गरेका छन् । सशस्त्र समूहविरुद्ध अझै धेरै कारबाही गरिने उनले बताए।

भारी हतियारधारी गिरोहहरूद्वारा आङ्कित कट्सिना उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो । यहाँ आपराधिक गिरोहले फिरौतीको लागि सामूहिक अपहरणका साथै घरहरू जलाउने र लुट्ने काम गर्छन् ।

जाम्फारा, कात्सिना, कादुना र नाइजर राज्यहरूमा फैलिएको विशाल जङ्गलमा शिविरहरू राख्ने गिरोहहरूले पछिल्ला केही वर्षमा विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरेका घटनाहरू समाचारमा आएका छन् । डाकुले विशेष गरी कात्सिना र जाम्फारा राज्यहरूमा आक्रमणहरू बढाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीलाई भेट्न तयार भएका छन् । बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै मम्दानीले आफूसँग भेट्न समय मागेको कुरा ट्रम्पले उल्लेख गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘न्युयोर्कका कम्युनिस्ट मेयर, जोहरान मम्दानीले भेट्न आग्रह गरेका छन्। हामी यो भेटघाट शुक्रबार, २१ नोभेम्बरका दिन ओभल अफिसमा गर्न सहमत भएका छौँ। थप जानकारी ...
: बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले आफ्नी आमालाई दिइएको मृत्युदण्डसँग सम्बन्धित सबै कुरा गैरकानुनीरूपमा भएको बताएका छन्। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। यो फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। समाचार एजेन्सी एएनआईले शेख हसिनाका छोरा सजीब वाजेदसँग उनको सुपुर्दगी र बंगलादेशको राजनीतिक संकटमा भारतको भूमिकाको बारेमा ...
: अमेरिकाले संसारको सबैभन्दा उन्नत लडाकु जेट मानिने एफ–३५ लडाकु विमान साउदी अरबलाई बेच्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सलमानसँगको ह्वाइट हाउसको बैठकअघि पत्रकारहरूलाई यस्तो बताएका हुन् । ‘हामी एफ–३५ जेट बेच्नेछौं’, ट्रम्पले भने, ‘उनीहरू ठूलो सहयोगी भएका छन् ।’ यी दुई नेताहरूले मंगलबारको ह्वाइट हाउस भ्रमणको क्रममा रक्षा र नागरिक आणविक शक्तिसम्बन्धी सम्झौताहरूमा छलफल ...
। संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ...
: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण ...