मुख्य समाचार
नेपाल र यमनबीचको खेल २/२ गोलको बराबरीमा टुंगियो
नेपाल र यमनबीचको खेल २/२ गोलको बराबरीमा टुंगियो

: फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेल नेपाल र यमनबीच बराबरीमा टुंगिएको छ। ११ जुन २०२४ का दिन साउदी अरेबियाको दमाम शहर स्थित प्रिन्स मोहम्मद बिन फाहाद स्टुडियोमा भएको खेलमा नेपालले यमसँग २/२ गोलको बराबरीमा खेलेको हो।


खेलको पहिलो हाफमा यमनले नेपालविरुद्ध ९ औं मिनेटमा पहिलो गोल गरेको थियो। नेपालका लागि २२औं मिनेटमा सञ्जिव बिष्टले गोल गर्दै खेललाई १/१ को बराबरीमा ल्याएका थिए।

यमनसँगको पहिलो हाफ १/१ गोलको बराबरीमा खेलेको नेपालले दोस्रो हाफको ६६ औं मिनेटमा जिलेस्पी जंग कार्कीले गोल गर्दै नेपाललाई २/१ अन्तरले अग्रता दिलाएका थिए। यमनले अतिरिक्त ९१ औं मिनेटमा नेपालको लागि गोल गर्दै खेललाई २/२ को बराबरिमा पुर्‍याएका थिए। यमनको तर्फबाट नसीम अल गाहवाही र मोहम्मद अल दाहीले १/१ गोल गरेका थिए। साथै खेल हेर्न र खेलाडीलाई हौशला दिनका लागि ३ हजारभन्दा बढी नेपाली दर्शकहरूको उपस्थिति रहेको थियो।




नेपालले अहिलेसम्म खेलेको ६ खेलमा २० गोल खाँदा २ गोल फर्काउन सफल भएको छ। यो खेलसँगै नेपालका गोलकिपर अहिलेका क्याप्टेन किरण कुमार लिम्बुले आफ्नो १०० औं खेल खेलका छ्न्।

समूह ‘एच’ मा रहेको नेपालले यसअघि पनि पाँचै खेलमा पराजय भोगेको थियो। नेपाल युएईसँग ४/० र यमनसँग २/० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५/० र दोस्रो खेल ३/० ले गुमाएको थियो। पुनः युएईसँग ४/० गोल अन्तरले हारेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...