मुख्य समाचार
जापानमा २४ औं अन्तर्राष्ट्रिय कला प्रदर्शनी
जापानमा २४ औं अन्तर्राष्ट्रिय कला प्रदर्शनी

: जापानमा २४ औं अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा प्रतिष्प्रर्धा सम्पन्न भएको छ। ग्लोबल आर्टिष्ट मुभमेन्ट जापानको आयोजनामा जेठ २३ गतेदेखि २७ गतेसम्म टोयोटा म्युनिसिपल म्युजिएम अफ आर्टमा कला प्रदर्शनी सम्पन्न भएको हो।


कार्यक्रममा १२ वटा देशका कलाहरू सहभागी थिए। जापान,नेपाल,क्यानडा, अमेरिका, बेलायत, फ्रान्स, नेदरल्याण्ड, मेक्सिको, ब्राजिल, भारत, श्रीलंका / पाकिस्तानका ६६ जना कलाहरू सहभागी भएका थिए।

नेपालबाट चारजना कलाकाहरू सहभागी थिए। उनीहरूमध्ये इन्दु श्रेष्ठले Minister of Culture, Sports, Science & Technology Award र दिपक महर्जनले Tokai Aichi Newspaper Award हाँसिल गरे। यसैगरी जीएम विशेष अवार्ड कलाकारद्वय निशा महर्जन र रामकृष्ण थापाले प्राप्त गरे।




Women for Women को सहयोगमा जापानका स्थानीय र अन्तरार्ष्ट्रिय कलाहरूसँग भेटघाट तथा जापानका विभिन्न आर्ट ग्यालरी र आर्ट म्युजियमको अवलोकन गरिएको थियो।

सोही अवसरमा नेपाली कलाकारहरूले Nagoya University of Foreign Studies (Open College) मा नेपाली कला र संस्कृति झल्काउने प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् । उनको शुक्रबार बिहान निधन भएको हो। दोस्रो विश्वयुद्धमा जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण उनी विशेष रूपमा चिनिन्छन्। सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत् जानकारी दिँदै लेखेकी छिन, 'जापानी राजनीतिको पिता मुरयामा तोमिचीको बिहान ११:२८ ...

टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानकी नयाँ प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टी (LDP) की अध्यक्ष ताकाइचीले आफ्नो कार्यकालको पहिलो ठूलो कूटनीतिक परीक्षा सामना गर्न लागेकी छन्। उनी अक्टोबर २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो शिखर बैठक गर्ने तयारीमा छन्। यस भेटका क्रममा ट्रम्पले जापानसँग रक्षा खर्च सकल गार्हस्थ उत्पादन (GDP) को ३.५% ...

ओसाका, अक्टोबर १० (न्युज अन जापान) — ओसाकाको नाकानोशिमा क्षेत्रमा अक्टोबर १० बाट एक अनौठो अनुभव सुरु भएको छ — “स्काई रेस्टुरेन्ट”, जहाँ पाहुनाहरूलाई जमिनबाट ४० मिटर माथि झुन्डिएर खाना र पेय पदार्थको मजा लिन मिल्नेछ। यो रेस्टुरेन्ट अनुभव जापानको कान्साई क्षेत्रमा पहिलोपटक ल्याइएको हो, जुन यसअघि बेलायत, फ्रान्स, जर्मनी, चीनसहित ६५ भन्दा बढी देशहरूमा ...

होक्काइडो, अक्टोबर १० (न्युज अन जापान) — जापानभर भालुको आक्रमण तीव्र रुपमा बढिरहेको छ। चालु आर्थिक वर्ष २०२५ मा भालुका आक्रमणबाट ज्यान गुमाउनेको संख्या सन् २०२३ को रेकर्ड स्तरमा पुगेको छ।
 
जापानको वातावरण मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार:
 
२०२३: २१९ पीडित, ६ जनाको मृत्यु
 
२०२४: ८५ पीडित, ३ जनाको मृत्यु
 
२०२५ (अक्टोबरसम्म): १०९ पीडित, ६ जनाको मृत्यु
 
यस वर्षको पहिलो छ महिनामै ...
टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानको वार्षिक प्रान्तीय आकर्षण (लोकप्रियता) सूचकाङ्कमा साइतामा प्रान्त पहिलोपटक अन्तिम स्थानमा पुगेको छ। यो नतिजा स्थानिय व्यवसायीहरूका लागि समेत आश्चर्यको विषय बनेको छ।
 
१७औं संस्करणमा पुगेको यो सर्वेक्षणमा २०२५ को सूची अनुसार होक्काइडो फेरि एक पटक सबैभन्दा आकर्षक प्रान्त घोषित भएको छ — सूचकाङ्क सुरु भएदेखि अहिलेसम्म लगातार शीर्ष ...