मुख्य समाचार
चीनको एक पार्कमा चारजना अमेरिकी शिक्षकमाथि चक्कु प्रहार
चीनको एक पार्कमा चारजना अमेरिकी शिक्षकमाथि चक्कु प्रहार

: उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा अज्ञात आक्रमणकारीले चक्कु प्रहार गर्दा चार अमेरिकी घाइते भएका छन्। घाइते हुनेमा अमेरिकी विश्वविद्यालयका शिक्षक रहेका बताइएको छ। घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।


कलेजले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा भएको गम्भीर दुर्घटनामा आयोवा कलेजका एक शिक्षक गम्भीर घाइते भएका छन्।'

आयोवा कलेजका प्रतिनिधि एडमले भने, 'चक्कु प्रहारबाट घाइते भएका चार जनामध्ये मेरो भाइ एक हो। मानिसहरूको समूह स्थानीय मन्दिरको दर्शन गर्न जाँदै थियो, त्यही क्रममा एक व्यक्तिले छुरी प्रहार गर्यो। मेरो भाइको हातमा चोट लागेको छ र उनको अस्पतालमा उपचार भइरहेको छ।'




अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीलाई छुरा प्रहारको घटनाको रिपोर्ट प्राप्त भएको तर थप जानकारी उपलब्ध नभएको बताए। ती चार जना शिक्षक चीनको एउटा विश्वविद्यालयमा साझेदारीमा अध्यापन गराउँदै आएका कलेजले जनाएको छ ।

यद्यपी चिनियाँ प्रशासनले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीलाई भेट्न तयार भएका छन् । बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै मम्दानीले आफूसँग भेट्न समय मागेको कुरा ट्रम्पले उल्लेख गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘न्युयोर्कका कम्युनिस्ट मेयर, जोहरान मम्दानीले भेट्न आग्रह गरेका छन्। हामी यो भेटघाट शुक्रबार, २१ नोभेम्बरका दिन ओभल अफिसमा गर्न सहमत भएका छौँ। थप जानकारी ...
: बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले आफ्नी आमालाई दिइएको मृत्युदण्डसँग सम्बन्धित सबै कुरा गैरकानुनीरूपमा भएको बताएका छन्। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। यो फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। समाचार एजेन्सी एएनआईले शेख हसिनाका छोरा सजीब वाजेदसँग उनको सुपुर्दगी र बंगलादेशको राजनीतिक संकटमा भारतको भूमिकाको बारेमा ...
: अमेरिकाले संसारको सबैभन्दा उन्नत लडाकु जेट मानिने एफ–३५ लडाकु विमान साउदी अरबलाई बेच्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सलमानसँगको ह्वाइट हाउसको बैठकअघि पत्रकारहरूलाई यस्तो बताएका हुन् । ‘हामी एफ–३५ जेट बेच्नेछौं’, ट्रम्पले भने, ‘उनीहरू ठूलो सहयोगी भएका छन् ।’ यी दुई नेताहरूले मंगलबारको ह्वाइट हाउस भ्रमणको क्रममा रक्षा र नागरिक आणविक शक्तिसम्बन्धी सम्झौताहरूमा छलफल ...
। संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ...
: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण ...