मुख्य समाचार
अमित शाह बने दोस्रो कार्यकालका लागि भारतीय गृहमन्त्री
अमित शाह बने दोस्रो कार्यकालका लागि भारतीय गृहमन्त्री

: भारतीय जनता पार्टी (भाजपा)का नेता अमित शाहले लगातार दोस्रो कार्यकालका लागि मङ्गलबार भारतको गृह मन्त्रालयको कार्यभार सम्हालेका छन्।


जिम्मेवारी सम्हालेपछि दिएका पहिलो सार्वजनिक अभिव्यक्तिमा उनले नयाँ सरकारले देशको सुरक्षालाई अर्को तहमा पुर्‍याउने र भारतलाई आतङ्कवाद, विद्रोह र नक्सलवादविरुद्धको सुरक्षाकवचका रुपमा निर्माण गर्ने बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो सरकारका ३० क्याबिनेट मन्त्रीको नयाँ सूचीमा शाहलाई गृहमन्त्रीको जिम्मेवारी तोकिएको छ। पदबहाल सम्हालेलगत्तै शाहले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा राख्दै भनेका छन्, 'प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा मैले आज पुनः गृह मन्त्रालयको कार्यभार सम्हालेको छु। गृह मन्त्रालय देश र जनताको सुरक्षाका लागि सधैंजस्तै प्रतिबद्ध रहनेछ।'




'प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालमा भारतको सुरक्षाको लागि आफ्नो प्रयासलाई थप उचाइमा पुर्‍याउने र भारतलाई आतंकवाद, विद्रोह र नक्सलवादविरुद्ध एक सुरक्षाकवचको रूपमा निर्माण गर्नेछ,' शाहले सामााजिक सञ्जालमा लेखेका छन्।

यदि शाहले लगातार पाँच वर्ष काम गरे भने उनी भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म गृहमन्त्री बन्ने व्यक्ति बन्नेछन्। यसअघि भारतीय राष्ट्रिय काङ्ग्रेसका गोविन्दबल्लभ पन्त र भाजपाका लालकृष्ण आडवाणी दुवैले छ वर्ष केन्द्रीय गृहमन्त्रीको रूपमा काम गरेका थिए। शाह र भाजपाका पूर्वअध्यक्षसमेत रहेका रक्षामन्त्री राजनाथ सिंहले पाँच–पाँच वर्ष उत्तर भारतको राजनीतिक जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी)लाई आतंकवादी संगठन घोषणा गरेका छन्। एन्टिफाका सदस्य वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरूले नव–नाजीवाद, नव–फासीवाद, गोरा सर्वोच्चतावाद र जातीय भेदभाव जस्ता रूढिवादी अति दक्षिणपन्थी विचारधाराविरुद्ध आवाज उठाउँदै आएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने,ʻम एक खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई एक प्रमुख आतंकवादी संगठनको रूपमा ...
: गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण सुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्। रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ। मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच छलफल भएको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्,'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्। एक अष्ट्रेलियाका पत्रकारले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल सुरू भएदेखि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले प्रश्नले नै अष्ट्रेलियालाई ठूलो चोट पु्र्‍याएको प्रतिक्रिया दिएका छन्। उनले भने,'मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनु भएको छ।' अष्ट्रेलियाका ब्रोडकास्टिङ ...
: अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानी सीमामा भेनेजु्एलाको लागुऔषध बोकेको डुंगामा आक्रमण गरी ध्वस्त बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकातर्फ गइरहेको उक्त डुंगा आक्रमण गरी ध्वस्त बनाएको बताएका छन्। ट्रमका अनुसार उक्त घटनामा तीनजनाको मृत्यु भएको छ। उनले यो कारवाही 'हिंसक लागुऔषध तस्करी गिरोह'विरुद्ध भएको दावी गरेका छन्। यद्दपि उनले डुंगामा लागुऔषध रहेको कुनै प्रमाण दिएका ...