मुख्य समाचार
चाबहिलमा जलनबाट गम्भीर घाइते किशोरीको मृत्यु
चाबहिलमा जलनबाट गम्भीर घाइते किशोरीको मृत्यु

। काठमाडौं चाबहिलमा जलनबाट गम्भीर घाइते भएकी १६ वर्षीया समृद्धि सिंहको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा गत शुक्रबार नै उनको मृत्यु भएको अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा शंकरमान राईले जानकारी दिए ।




उनको शरीरको ८५ प्रतिशत भन्दा बढी भाग जलेको थियो । २२ जेठमा घरझगडाका क्रममा घरमुली चञ्चलबहादुर सिंहले पेट्रोल छर्केर आगो लगाउँदा परिवारका सबै ५ सदस्य जलनबाट घाइते भएका थिए । उनीहरु सबैलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।

५५ वर्षका चञ्चल, उनकी ४४ वर्षीया श्रीमती बिन्दु सिंह र ८ वर्षीया छोरी सुहानी खतरामुक्त रहेका डा. राईले जानकारी दिए ।




जेठी छोरी २४ वर्षीया सुप्रियाको अवस्था अझै गम्भीर छ । ‘शरीरमा ५५ प्रतिशतभन्दा बढी जलन भएको छ ।

श्वासनलीमै असर गरेकाले अवस्था जटिल छ । आईसीयूमा राखेर उपचार गरिरहेका छौं’, डा. राईले भने । मृत्यु हुने समृद्धि चञ्चलबहादुरकी माइली छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विद्यार्थी कम्ती भएका सीटीईभीटीका शिक्षालय बन्द वा समायोजन गर्न सुझाव
— नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको छ । खरिद ...
— प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ । सर्वोच्च अदालत उक्त रिटमाथिको सुनुवाइका लागि पुस २ गतेका लागि पेशी तोकेको हो । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको कांग्रेसका सांसदको तर्क छ । कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला ...
निर्माण व्यवसायी उठ्नै नसक्ने गरी ठेक्का तोडियो : अध्यक्ष सिंह
— भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीले निर्णय नगर्दा पनि आयोजना रूग्ण बनेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । 'कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीका कारण पनि आयोजना रूग्ण बनेका छन्,' उनले भने, 'आयोजना ...