मुख्य समाचार
सार्वजनिक कार्यक्रममा बेहोस भएका लेखा अधिकृत क्षेत्रीको मृत्यु
सार्वजनिक कार्यक्रममा बेहोस भएका लेखा अधिकृत क्षेत्रीको मृत्यु

। सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा मंगलबार आयोजित सार्वजनिक कार्यक्रममा एक्कासी बेहोस भएका वीरेन्द्रनगर नगरपालिका सुर्खेतका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ ।

५२ वर्षका उनको मंगलबार बिहान हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका चिकित्सक डा. केएन पौडेलले बताए । उनका अनुसार क्षेत्रीलाई यसअघि पनि हृदयघात भएको थियो ।




मंगलबार बुलबुले उद्यानमा डुङ्गा सञ्चालनको उद्घाटन गरिएको थियो । उक्त औपचारिक कार्यक्रममा उद्घोषकको भूमिकामा क्षेत्री नै थिए ।

कार्यक्रम सकिएपछि कार्यक्रम स्थलमै एक्कासि बेहोस भएका थिए । त्यसपछि तत्काल उपचारका लागि उनलाई प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।




उपचारकै क्रममा उनको मृत्यु भएको चिकित्सकहरूले जनाएका छन् । अस्पतालका अनुसार उनको अक्सिजन लेभलमा सुधार नहुँदा मृत्यु भएको हो ।

उनी ०७४ साउनयता वीरेन्द्रनगर नगरपालिकामा कार्यरत थिए । पर्वतको कुश्मा स्थायी ठेगाना भएका क्षेत्रीले हाल वीरेन्द्रनगर नगरपालिका–७, इत्राम घर बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रहरी कार्यालय रौतहटले एसईई परीक्षामा चिट चोर्न ल्याइएका १ हजार ४ सय २४ मोबाइल बरामद गरेको छ । बिहीबार प्रहरीले परीक्षाको मर्यादा भंग गर्ने प्रयासमा संलग्न २ जनालाई समेत पक्राउ गरेको छ। प्रहरीका अनुसार रौतहटको यमुनामाई गाउँपालिका-५ स्थित यमुनामाई मावि परीक्षा केन्द्रमा परीक्षा निरीक्षकले नै केही रकम लिइ मोबाइल प्रवेश गराएका थिए। त्यस्तै मौलापुर नगरपालिका-५ ...
: खानेपानीमन्त्री प्रदीप यादवले अवको एक वर्षभित्र देशका ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अहिले २७ प्रतिशतमा स्वच्छ खानेपानी पुराउन सफल भएको भन्दै आगामी एक वर्षभित्रमा ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका हुन् । उनले यसका लागि ६ ...
। कडा रोग लागेका दुई हजार ५ सय बढी विरामीलाई कोशी प्रदेश सरकारले आर्थिक सहायता प्रदान गर्ने भएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कडा रोग लागेका २ हजार ५ सय ५६ जनालाई १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँ उपचार सहायता बाड्ने भएको हो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र ...
: बुद्ध जन्मस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव सुरू भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा बिहीबार महोत्सव सुरू भएको हो। नेपालस्थित चिनियाँ दूतावास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव गरिएको हो। कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीको प्रवर्द्धन र सम्वर्द्धनका लागि चिनियाँ दूतावासको सहकार्य ...
। चोरीका २७१ थान मोबाइलसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका–५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का ३० वर्षीय हेमन्त राना मगर, दोलखाको शैलुङ गाउँपालिका–६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको ...