मुख्य समाचार
व्यक्तित्व विकास सिक्दैछन् मिस नेपाल-२०२४ का फाइनलिस्ट सुन्दरी
व्यक्तित्व विकास सिक्दैछन् मिस नेपाल-२०२४ का फाइनलिस्ट सुन्दरी

। मिस नेपाल-२०२४ को तयारी यतिबेला धमाधम चलिरहेको छ । २६ फाइनलिस्टले यतिबेला व्यक्तित्व विकासबारेका कक्षा लिइरहेका छन् । आठ दिनसम्म २४ कक्षा आयोजना हुने द हिडन ट्रेजरले जनाएको छ ।

फोटोग्राफी, जीवन जिउने कला, पर्यटन, सार्वजनिक वक्तृत्वकला, खुसी कसरी रहने कला, महिला उद्यमशीलता, वातावरण लगायत विषयमा कक्षा चलिरहेका छन् ।

कर्ण शाक्यले पर्यटन, भवानी राणाले महिला उद्यमशीलता, भूषण तुलाधरले वातावरण, राजभाइ सुवालले फोटोग्राफी लगायतका विधामा कक्षा दिइरहेका छन् । आयोजक संस्था हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले एक सातासम्मै कक्षा सञ्चालन हुने बताए ।

अहिले हिडन ट्रेजरको कार्यालयमा कक्षा चलिरहेका छन् । दुई तीन सातापछि १४ वटा सहविधाको प्रतिस्पर्धा गर्ने हिडन ट्रेजरको तयारी छ । गत साता सबै फाइनलिस्टलाई स्यास वितरण गरिएको थियो ।


मिस नेपालको अफिसियल अनलाइन पोर्टलको रुपमा अनलाइनखबर डटकम रहेको छ । यस वर्षको ग्रान्ड फिनाले साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत जुन २०मा रिलिज भएको फिल्म ‘सितारे जमीन पर’ सफल हुनुको पछाडि होला ? हालै सम्पन्न भएको ‘हिन्दुस्तान टाइम्स लिडरशिप समिट’मा सहभागी भएका अभिनेता आमिर खानले यसबारे बताए । उनीसँग सोधिएको थियो, ‘आजकल थिएटरमा दर्शक कसरी ल्याउने ?’ एक्सन, सुपरहिरो वा भव्य फिल्मबाहेक अरू थिएटरमा चल्दैनन् भन्ने मान्यता बलिउड वृत्तमा देखिएको बेला आमिरले अर्थपूर्ण जवाफ दिए ...
। नेटफ्ल्क्सिले सय वर्ष पुरानो हलिउडको चर्चित फिल्म स्टुडियो वार्नर ब्रदर्स डिस्कभरीलाई किनेको छ । यी दुईले शुक्रबार एक सम्झौताको घोषणा गरेका छन्, जसअन्तर्गत नेटफ्लिक्सले वार्नर ब्रदर्स, यसको फिल्म र टिभी स्टुडियोहरू, एचबीओ म्याक्स र एचबीओसहितलाई अधिग्रहण गर्नेछ । ८२.७ अर्ब अमेरिकी डलर (ऋण समावेश) सहित ७२ अर्ब डलर इक्विटी मूल्यमा आफूले प्रतिष्ठित स्टुडियो किनेको नेटफ्ल्क्सिले जनाएको ...
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...