मुख्य समाचार
बर्दिवास हात्तीलेटमा ओभरहेड ट्यांकी, स्थानीय भन्छन् : मध्यरातमा अब गाग्री बोकेर इनारतिर जानु पर्दैन
बर्दिवास हात्तीलेटमा ओभरहेड ट्यांकी, स्थानीय भन्छन् : मध्यरातमा अब गाग्री बोकेर इनारतिर जानु पर्दैन

। महोत्तरीको बर्दिवास–८ हात्तीलेटका बासिन्दाले खानेपानीको सङ्कट झेल्नु नपर्ने भएको छ । त्यहाँ खानेपानी संकलन गर्न ट्यांकी निर्माण भइसकेको छ ।

पानी वितरणका लागि पाइप ओछ्याइन थालिएपछि यहाँका बासिन्दामा खानेपानीको संकट समाधान हुन लागेको हो । बस्तीमा सरकारको तराई मधेस खानेपानी योजनाअन्तर्गत एक करोड ५० लाख रुपैयाँको अनुदान सहयोगमा ‘ओभरहेड ट्यांकी’ निर्माण भएको हो ।




‘अब खानेपानी पाइने आशा जागेको छ’, हात्तीलेटको सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरि रानाले भने, ‘ अब खानेपानीका लागि संकट झेल्नु पर्दैन ।’

योजनाको ओभरहेड, कार्यालय भवन, चौतर्फी पर्खाल र बोरिङ जडानलगायतका काम भएपछि अहिले धमाधम पाइप ओछ्याउने र धारा जडानको काम थालिएको अध्यक्ष रानाले बताए । पाइप ओछ्याउने र धारा जडानसहितका काममा मधेश सरकार र बर्दिबास नगरपालिकाको साथ संस्थाले पाएको छ ।




योजनाको ५ सय घरमा धारा पुर्‍याउने लक्ष्य छ । यसअनुसार अघि बढेको काममा अब आउने असार दोस्रो साताभित्रै ३ सय ५० घरका धारामा पानी झर्ने संस्थाले जनाएको छ । योजनाअन्तर्गत ४ किलोमिटरभन्दा बढी पाइप ओछ्याइसकिएको रानाले जानकारी दिए । अहिले विद्युत् र धारा जडानको काम धमाधम भइरहेको छ ।

नगरक्षेत्रमा खानेपानीको संकट झेल्नुपरेका बेला हात्तीलेटको कामले अन्य ठाउँका लागि सिकाइ हुने बर्दिवास नगरप्रमुख प्रल्हदकुमार क्षेत्री बताउँछन् । ‘हामी (नगरपालिका) नगरक्षेत्रका घरघरै धारा जडान गर्ने अभियानमा छौँ, ‘एक घर एक धारा’ हाम्रो अभियानको नारा हो’, नगरप्रमुख क्षेत्रीले भने, ‘सबै नगरवासीले स्वच्छ खानेपानी सहज रूपमा पाउने व्यवस्थाका लागि हामी प्रतिबद्ध भएर काममा लागेका छौँ ।’

जिल्लामा पानीका स्रोतका मुहान धमाधम सुक्दैछन् । यसरी जमिनमुनिको पानीको सतह गहिरिँदै जाँदा कैयन इनार र बोरिङ एकपछि अर्को सुक्दै जाँदा पछिल्लो दशकमा हात्तीलेटवासीले खानेपानी जुटाउन निकै सास्ती व्यहोर्दै आएका छन् ।

यो अभावका बीच ५० घनमिटर क्षमताको ओभरहेड ट्यांकी निर्माणले हात्तीलेटवासीमा पानीको संकट टर्ने नयाँ आशा पलाएको बर्दिबास–८ का वडाध्यक्ष शमशेरसिंह लामा बताउँछन् ।

पानीका लागि ६०–७० फिट गहिरो इनारबाट पालो पर्खेर पानी तान्नुपरेको विद्यमान दुःख अन्त्य हुने जनाइएको छ । धनमाया बलम्पाकीले भनिन्, ‘अब भने नयाँ धारा चलेपछि मध्यरातमै डोल, गाग्री बोकेर इनारतिर जानु पर्दैन । ‘

योजनाबाट दुई हजारभन्दा बढी यहाँका बासिन्दा लाभान्वित हुने सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था हात्तीलेटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं महानगरपालिकाले चराचुरूंगीको जीवन चक्रलाई प्रतिकूल असर पर्ने रूख बिरुवामा लहरे बत्ती राख्न नपाइने बताएको छ । महानगरले ‘लहरेबत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१’ जारी गरेसँगै महानगरभित्रका सार्वजनिक र निजी स्वामित्वका स्थानमा रहेका रूख बिरुवामा कुनै पनि लहरे बत्ती प्रयोग नपाइने भएको हो । महानगरले सहरी सौन्दर्यको लागि महानगर क्षेत्रभित्र लहरे बत्ती राख्दा मानव स्वास्थ्य, सवारी सुरक्षा, चराचुरूंगीको ...
: सांसदहरूले सार्वजनिक विदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले नेपालमा धेरै बिदा हुँदा जनतामा सहज रुपमा सेवा प्रवाहमा समस्या भएकाले बिदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका हुन् । सांसद अमरेशकुमार सिंहले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्न सुझाव दिए। सङ्‍घीय निजामती ...
— यहाँको किस्पाङ गाउँपालिका–१ स्थित भाल्चेबेँसीमा बुधबार टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ । टिपरको ठक्करबाट किस्पाङ–४ साल्मे निवासी टासी घलेको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नतिका लागि निर्माण सामग्री बोकेको टिपरको ठक्करले ४८ वर्षीय घलेको घटनास्थलमै निधन भएको हो । ठक्कर दिने वाग्मती ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिएका छन्। त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा कुलपति ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलपतिले गर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन् । बुधबार तेह्रथुममा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको बताएका हुन् । ‘देशको अफ्ठ्यारो स्थितिलाई हेरेर ठूला राजनीतिक दलहरु, इतिहास बोकेका, जिम्मेवार राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले मिलेर यो सरकार बनेको ...