मुख्य समाचार
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा ५ अस्थायी सदस्य चुनिए
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा ५ अस्थायी सदस्य चुनिए

। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा पाँच अस्थायी सदस्य थपिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्‌को अस्थायी सदस्य चुनेको हो ।

यी पाँचै देशको कार्यकाल २ वर्षको हुने छ । उनीहरुको कार्यकाल आगामी सन् २०२५ को १ जनवरीबाट सुरु हुने छ ।




आगामी ३१ डिसेम्बरदेखि इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीजरल्याण्डको कार्यकाल समाप्त हुनेछ । उनीहरुको स्थान नवनिर्वाचित डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियाले लिने छन् ।

सुरक्षा परिषद्‌मा पहिलेदेखि नै अल्जिरिया, गयाना, दक्षिण कोरिया, सियरा लियोन, स्लोभेनिया अस्थायी सदस्य छन् ।




संयु्क्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा १० अस्थायी र ५ स्थायी सदस्य हुन्छन् । अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य हुन् । स्थायी देशहरुलाई भिटो प्रयोग गर्ने अधिकारसमेत हुन्छ ।

१० अस्थायी सदस्य राष्ट्र दुई वर्षका लागि मात्र चुनिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा निर्वाचनमार्फत् अस्थायी सदस्य राष्ट्र चुनिन्छ । महासभाका १९३ सदस्य राष्ट्रहरुले अस्थायी सदस्य राष्ट्र चुन्दा क्षेत्रीय प्रतिनिधित्वलाई समेत ख्याल गरिन्छ ।

५–५ अस्थायी सदस्य राष्ट्र चुन्न हरेक वर्ष निर्वाचन हुन्छ । स्थायी र अस्थायी गरी सुरक्षापरिषदका १५ सदस्य राष्ट्रको जिम्मेवारी विश्वमा शान्ति सुरक्षालाई कायम राख्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीलाई भेट्न तयार भएका छन् । बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै मम्दानीले आफूसँग भेट्न समय मागेको कुरा ट्रम्पले उल्लेख गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘न्युयोर्कका कम्युनिस्ट मेयर, जोहरान मम्दानीले भेट्न आग्रह गरेका छन्। हामी यो भेटघाट शुक्रबार, २१ नोभेम्बरका दिन ओभल अफिसमा गर्न सहमत भएका छौँ। थप जानकारी ...
: बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले आफ्नी आमालाई दिइएको मृत्युदण्डसँग सम्बन्धित सबै कुरा गैरकानुनीरूपमा भएको बताएका छन्। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। यो फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। समाचार एजेन्सी एएनआईले शेख हसिनाका छोरा सजीब वाजेदसँग उनको सुपुर्दगी र बंगलादेशको राजनीतिक संकटमा भारतको भूमिकाको बारेमा ...
: अमेरिकाले संसारको सबैभन्दा उन्नत लडाकु जेट मानिने एफ–३५ लडाकु विमान साउदी अरबलाई बेच्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सलमानसँगको ह्वाइट हाउसको बैठकअघि पत्रकारहरूलाई यस्तो बताएका हुन् । ‘हामी एफ–३५ जेट बेच्नेछौं’, ट्रम्पले भने, ‘उनीहरू ठूलो सहयोगी भएका छन् ।’ यी दुई नेताहरूले मंगलबारको ह्वाइट हाउस भ्रमणको क्रममा रक्षा र नागरिक आणविक शक्तिसम्बन्धी सम्झौताहरूमा छलफल ...
। संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ...
: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण ...