मुख्य समाचार
अभद्र गीत गाउने १२ लोकदोहोरी कलाकारसँग प्रतिष्ठानले माग्यो स्पष्टीकरण
अभद्र गीत गाउने १२ लोकदोहोरी कलाकारसँग प्रतिष्ठानले माग्यो स्पष्टीकरण

। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पुर्‍याउने गायन प्रस्तुति दिएको भन्दै १२ कलाकारलाई स्पष्टीकरण सोधेको छ ।

युट्युव लगायत श्रव्यदृश्य प्लाटफर्मबाट त्यस्ता गीतलाई ७ दिनभित्र हटाउन समेत प्रतिष्ठानले सचेत गराएको छ ।




यसरी स्पष्टीकरण सोधिएका कलाकारमा शर्मिला रायमाझी, नवीना सिलवाल ‘खुईली’, रिया खड्का, शंकर सुनार, नवराज काप्री ‘धादिङे भाले’, सुशीला लामा, तारा थापा, सागर बीसी, सीताराम परियार, सलिना नेपाल, विशाल सोनी र गोपाल नेपाल ’जीएम’ छन् ।

यीमध्ये केहीलाई प्रत्यक्ष दोहोरी र केहीलाई अफिसियल गीतमा विकृति भित्राएको भन्दै स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरणको पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी कार्यालयमा समेत पठाइएको छ ।




प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले ती कलाकारले ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुपर्ने र आइन्दा त्यस्ता गीत नगाउने सर्त पुरा गर्नुपर्ने बताइन् । कलाकार नसच्चिए थप कानूनी उपचारमा अघि बढ्ने चेतावनी समेत उनले दिइन् ।

प्रतिष्ठानले दुई साताअघि विज्ञप्ति जारी गर्दै अपाच्य शैलीका दोहोरी बन्द गराउन सम्बन्धित कलाकार, स्टुडियो र युट्युब च्यानल सञ्चालकलाई सचेत गराएको थियो । गतसाता केन्द्रिय सदस्य समेत रहेका गायक बालचन्द्र बराललाई ६ महिनाको लागि निलम्बन गरेको छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...