मुख्य समाचार
न्युयोर्कको पिच गुणस्तरहीन भएको आईसीसीद्वारा स्वीकार
न्युयोर्कको पिच गुणस्तरहीन भएको आईसीसीद्वारा स्वीकार

। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टी-२० विश्वकप अन्तर्गत न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट मैदानमा हालसम्म प्रयोग भएका दुईवटा पिचहरू गुणस्तरहीन रहेको स्वीकार गरेको छ ।

यस्तै आईसीसीले उक्त स्थानमा हुने टी-२० विश्वकपका बाँकी खेलहरूका लागि यो समस्यालाई समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ ।

आईसीसीले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हालसम्म प्रयोग गरिएका पिचहरू हामी सबैले चाहेजस्तो कन्सिस्टेन्ट खलका छैनन्।’ भारत र आयरल्याण्डले अत्यन्तै कठिन विकेटमा आफ्नो समूहको पहिलो खेल खेलेपछि हामीले विज्ञप्ती सार्वजनिक गरेका हौ । हिजोको खेल समाप्त भएपछि नै विश्वस्तरीय ग्राउण्डम्यानको टोलीले परिस्थितिलाई समाधान गर्न र बाँकी खेलहरूको लागि सम्भव भएसम्म उत्कृष्ट पिच बनाउन प्रयास गरिरहेका छन् ।’

पार्क ल्याण्डमा पाँच महिनाको अवधिमा निर्माण गरिएको नयाँ भेन्यु न्युयोर्कमा दक्षिण अफ्रिका र श्रीलंकाबीच ३ जुनमा पहिलो खेल खेलिएको थियो । जसको ड्रप इन पिच फ्लोरिडामा तयार पारेर त्यहाँ पुर्‍याइएको थियो । उक्त खेलमा श्रीलंका पिच नम्बर-१ मा ७७ रनमा अलआउट भएको थियो र दक्षिण अफ्रिकाले १६.२ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

यस्तै ५ जुनमा पिच नम्बर-४ मा भएको खेलमा भारतले आयरल्याण्डलाई ९६ रनमै अलआउट गर्‍यो र उक्त खेल सजिलै ८ विकेटले जित्यो । जहाँ भारतका कप्तान रोहित शर्मा र विकेट किपर ऋषभ पन्तले निक्कै अप्ठेरो झेल्नु परेको थियो ।

रोहित शर्मा त बलले हातमा लागेपछि रिटायर हर्ट नै भएका थिए । भारतका जसप्रित बुमराहले बाउन्सर पेस गर्दा आयरल्याण्डका ह्यारी टेक्टरको पनि औंलामा लागेको थियो ।

भारत र आयरल्याण्डबीचको खेलपछि नासाउ काउन्टीको पिचबारे धेरै आलोचना हुन थालेको छ । इएसपीएनको टाइम आउटमा एन्डी फ्लावरले यो पिसचलाई ‘खतरनाक’ भनेका थिए । पिच नम्बर २ र ३ अझै प्रयोगमा आइसकेको छैन । दुईमध्ये १ नम्बर पिचमा घाँस काटिएको देखिएको छ ।

अब ९ जुनमा हुने भारत र पाकिस्तनसहित अन्य ६ समूह चरणका खेलहरू न्‍युयोर्कमा खेलाइने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...