मुख्य समाचार
साउदीमा १७८ जना नेपालीले पाए बहिर्गमन भिसा
साउदीमा १७८ जना नेपालीले पाए बहिर्गमन भिसा

: अलपत्र परेका नेपालीहरूका लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको छ। नेपाली दूतावास रियादको सहयोगमा साउदी सरकारले एकै दिन १७८ जना नेपालीको बहिर्गमन भिसा जारी गरेको हो।

उनीहरू सहजैरूपमा स्वदेश फिर्ता हुने भएका छन्। उनीहरूले ६० दिनभित्र साउदी अरेबिया छोड्नु व्यवस्था छ । बहिर्गमन भिसाबाबारेमा नेपाली दूतावास रियादले नेपाली कामदारको लागि सूचना जारी गर्दै बहिर्गमन 'एक्जिट भिसा'को सेवा दिँदै आएको छ। हवाई टिकट भने स्वयंले व्यवस्था गर्नुपर्ने छ।

एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन अफिससँग रहेकाले दूतावासले एक्जिट भिसाका लागि प्रोसेसमात्रै गरिदिने हो। साउदीमा कार्यरत रहँदा जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट मात्रै एक्जिट भिसाका लागि प्रोसेसिङ गर्नुपर्ने साउदीको नियम छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...
— भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उत्तर प्रदेशको बलरामपुर जिल्लाको फुलवरिया बाइपासमा भएको सडक दुर्घटनामा २१ जना नेपाली घाइते भएका छन् । सुनौलीबाट दिल्ली गइरहेको यूपी २२ एटी ०२४ नम्बरको बस मंगलबार बिहान यूपी २१ डीटी ५२३७ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको हो । ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको बलरामपुरका एसपी ...
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...