मुख्य समाचार
पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार हुँदै
पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार हुँदै

: काठमाडौं महानगरपालिका-७ सरस्वतीनगरमा एक व्यक्तिले पेट्रोल छर्केर आगो लगाएपछि घाइते भएका पाँचजनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले ५५ वर्षीय चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाउँदा घाइते भएका पाँच जनाको वर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

सिंहले अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीसँग घरझगडा गर्ने क्रममा आगो लगाएपछि ५५ वर्षीय सिंह, ४४ वर्षीया उनकी श्रीमती विन्दु सिंह, २४ वर्षीया छोरी सुप्रिया सिंह, १६ वर्षीया छोरी समृद्धि सिंह र आठ वर्षीया छोरी सुहानी सिंह घाइते भएका थिए। घाइतेमध्ये आगो लगाउने सिंहको शरीरको १० देखि १२ प्रतिशत, श्रीमतीको पाँचदेखि सात प्रतिशत, छोरीहरू सुप्रियाको ५० देखि ५५ प्रतिशत, समृद्धिको ८० देखि ८५ प्रतिशत तथा सुहानीको १२ देखि १४ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

प्रहरी प्रवक्ता अधिकारीका अनुसार चावहिलस्थित आफ्नो तीनतले घरको तेस्रो तल्लामा बस्दै आएका सिंहल गएराति श्रीमतीसँगको घरझगडाका क्रममा आगो लगाएको बुझिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निजामति विधेयकमा राखिएको कुलिङ 'पिरियड'मा अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य विषय नभएको भन्दै राज्य व्यवस्था समितिका सांसदहरूले आपत्ती जनाएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सदस्य एवं राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले समितिले पारित गरेको विषय अनधिकृतरुपमा परिवर्तन हुनु राज्यविरुद्धको कसूर भएको बताए। समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो