मुख्य समाचार
बहुमत नआएपछि नरेन्द्र मोदीले भने- हार/जित राजनीतिको हिस्सा हो, गठबन्धनको अंकगणित चलिरहन्छ
बहुमत नआएपछि नरेन्द्र मोदीले भने- हार/जित राजनीतिको हिस्सा हो, गठबन्धनको अंकगणित चलिरहन्छ

: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हार/जित राजनीतिको हिस्सा भएको बताएका छन्। मन्त्रिपरिषद्को अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनको अंकगणित चलिरहने बताएका हुन्।

दस वर्षमा आफूले धेरै राम्रा कामहरू गरेको उनको दाबी छ। 'हार/जित राजनीतिको हिस्सा हो। गठबन्धनको अंकगणित चलिरहन्छ। मैले दस वर्षामा धेरै राम्रा कामहरू गरेको छु। भविष्यमा पनि गर्नेछु,' उनले भने।

उनले सत्ता संगठन जनताको भावनाअनुसार चल्ने गरेको बताए। उनले मन्त्रीहरूलाई मेहनतका साथ राम्रा कामहरू गरेको भन्दै बधाई तथा शुभकामना दिएका थिए। 'सत्ता जनताको मर्म र भावनाले निर्देशित हुन्छ। मुस्कुराउँदै... तपाइँहरू सबैले राम्रो काम गर्नुभएको छ। धेरै मेहनत गर्नुभएको छ। तपाइँहरू सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु,' उनले भने।

बैठकलगत्तै प्रधानमन्त्री मोदी राष्ट्रपति निवास पुगेर राष्ट्रपति मुर्मूलाई राजीनामा पत्र बुझाएका थिए। राष्ट्रपति मुर्मूले अर्को सरकार नबनेसम्म पदमा रहिरहन आग्रह गरेकी थिइन्। -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीलाई भेट्न तयार भएका छन् । बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै मम्दानीले आफूसँग भेट्न समय मागेको कुरा ट्रम्पले उल्लेख गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘न्युयोर्कका कम्युनिस्ट मेयर, जोहरान मम्दानीले भेट्न आग्रह गरेका छन्। हामी यो भेटघाट शुक्रबार, २१ नोभेम्बरका दिन ओभल अफिसमा गर्न सहमत भएका छौँ। थप जानकारी ...
: बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले आफ्नी आमालाई दिइएको मृत्युदण्डसँग सम्बन्धित सबै कुरा गैरकानुनीरूपमा भएको बताएका छन्। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। यो फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। समाचार एजेन्सी एएनआईले शेख हसिनाका छोरा सजीब वाजेदसँग उनको सुपुर्दगी र बंगलादेशको राजनीतिक संकटमा भारतको भूमिकाको बारेमा ...
: अमेरिकाले संसारको सबैभन्दा उन्नत लडाकु जेट मानिने एफ–३५ लडाकु विमान साउदी अरबलाई बेच्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सलमानसँगको ह्वाइट हाउसको बैठकअघि पत्रकारहरूलाई यस्तो बताएका हुन् । ‘हामी एफ–३५ जेट बेच्नेछौं’, ट्रम्पले भने, ‘उनीहरू ठूलो सहयोगी भएका छन् ।’ यी दुई नेताहरूले मंगलबारको ह्वाइट हाउस भ्रमणको क्रममा रक्षा र नागरिक आणविक शक्तिसम्बन्धी सम्झौताहरूमा छलफल ...
। संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ...
: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण ...