मुख्य समाचार
दर्शकको हौसलाबीच पनि नेपालको हार
दर्शकको हौसलाबीच पनि नेपालको हार

— नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गर्न सकेन । अनुभवी म्याक्स ओ’डडको अर्धशतकमा नेदरल्यान्ड्सले मंगलबार नेपाललाई ६ विकेटले पराजित गर्‍यो । डच टोलीले १ सय ७ रनको लक्ष्य ८ बलअगाडि १ सय ९ रन बनाएर पूरा गरेको थियो ।


ओ’डडले अविजित ५४ रन बनाउँदै डालासस्थित ग्रान्ड प्रेरी रंगशालामा भरिभराउ नेपाली समर्थकलाई निराश बनाएका थिए । ३० वर्षे उनले ४८ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । सोमपाल कामीको बलमा कप्तान रोहित पौडेलले ४१ रनमा ओ’डडको क्याच छाड्दा नेपालको झिनो आस पनि समाप्त भएको थियो । बास डेल लिड ११ रन बनाई अविजित रहे । उनले अविनाश बोहराको बलमा विजयी चौका प्रहार गरे ।




यसअघि सोमपालले दोस्रो ओभरमै माइकल लेभिटलाई १ रनमा आउट गरेर नेदरल्यान्ड्सलाई झट्का दिएका थिए । ठूलो लक्ष्य नभएका कारण आरामदायी हिसाबमा खेलेको नेदरल्यान्ड्सबाट ओ’डड र विक्रमजित सिंहले दोस्रो विकेटमा ४० रनको साझेदारी गरे । सिंहले २८ बल खेल्दै ४ चौकासहित २२ रन बनाए ।

साइब्रान्ड इंगलब्रेक्टले १६ बलमा १ चौकासहित १४ रन बनाए । उनलाई सोमपालले फ्लो थ्रुमा रनआउट गरे । अविनाश बोहराले डच कप्तान स्कट इडवार्ड्सलाई ५ रनमा बोल्ड गरे । सोमपालले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा २० रन मात्र खर्चेर कुनै विकेट लिन सकेनन् । अविनाशले ३.४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

यसअघि रोहितले टिकेर खेले पनि टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाल १९.२ ओभरमा १ सय ६ रनमा अलआउट भयो । रोहितले ३७ बलमा ३५ रन बनाए । चौथो ओभरमा ब्याटिङमा आएर १६ औं ओभरमा आउट हुनुपूर्व रोहितले ५ चौका प्रहार गरेका थिए । तल्लो क्रममा करण केसीले २ छक्कासहित १२ बलमा १७ रन बनाए । गुलशन झाले १५ बलमा १ चौकासहित १४ रन बनाए । अविनाश बोहरा पहिलो बलमै आउट भए ।


नेपालको सुरुआत राम्रो हुन सकेन । आसिफ शेख ८ बलमा ४ रन बनाई आउट भए । भीभीएन किङ्मासँग नयाँ बल लिएर आएका देब्रेहाते स्पिनर टिम प्रिङ्गलले आफ्नो पहिलो ओभरमै आसिफलाई आउट एजमा सर्टमा रहेका किङ्माबाट क्याच गराए ।

कुशल भुर्तेलको खराब फर्म जारी नै रह्यो । १० बलमा ७ रन बनाएका उनलाई पहिलो परिवर्तनका रूपमा आएका लोगन भान बिकले एलबीडब्लू आउट गरे । नेदरल्यान्ड्सका बलरविरुद्ध अनिल साह र रोहितको प्रतिरोध केही समय मात्र रह्यो । अनिल १२ बल खेल्दै २ चौका प्रहार गरी ११ रन बनाई प्रिङ्गलकै बलमा आउट भए ।

कुशल मल्ल ९, दीपेन्द्रसिंह १, सोमपाल शून्यमा आउट भए । प्रिङ्गलले ४ ओभरमा २० रन मात्र खर्चेर ३ विकेट लिए । उनले १३ डट बल फालेका थिए । पाउल भान मिकेरेनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुनै विकेट नलिए पनि किङ्माले ४ ओभरमा २३ रन खर्चेका थिए । उनले १५ डट बल फालेका थिए । वर्षाले भिजेका कारण खेल आधा घण्टा ढिला सुरु भएको थियो । डालासमा बिहानैदेखि वर्षा भएको थियो । ९ बजे वर्षा रोकिए पनि मैदान भिजेका कारण समयमा टस हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...