मुख्य समाचार
धमाधम आउन थाल्यो लोकसभा चुनावको अन्तिम मतपरिणाम, कांग्रेसले सिट बढाउँदा बिजेपीलाई घाटा
धमाधम आउन थाल्यो लोकसभा चुनावको अन्तिम मतपरिणाम, कांग्रेसले सिट बढाउँदा बिजेपीलाई घाटा

: भारतको लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम धमाधम आउन थालेको छ। भारतीय निर्वाचन आयोगले जनाएअनुसार यो समाचार तयार पार्दासम्म (५ बजे) भारतीय जनता पार्टी (बिजेपी)ले २० ठाउँमा विजयी हासिल गरेको छ।


त्यस्तै बिजेपीको मुख्य प्रतिद्वन्द्वी इन्डियन नेशनल कांग्रेसले ४ ठाउँमा जित हात पारेको छ। त्यस्तै जनता दल (सेकुलर)ले २, आम आदमी पार्टीले १, शिव सेनाले १, एनसीपीले १ र हिन्दुस्तानी अवाम मोर्चाले १ ठाउँमा विजयी हासिल गरेको छ।

त्यस्तै बिजेपीले २२४ ठाउँमा अग्रता लिएको छ भने कांग्रेसले ९४ ठाउँमा अग्रता लिएको छ। त्यस्तै समाजवादी पार्टीले ३४, अल इन्डिया त्रिणामुल कांग्रेसले २९, डीएमकेले २२, तेलेगु देसमले १६ र जनता दल युनाइटेडले १३ ठाउँमा अग्रता लिएको छ।


लोकसभा निर्वाचनमा एनडीए र इन्डिया गरी दुई गठबन्धन निर्वाचनमा होमिएको थियो। टाइम्स इन्डियाका अनुसार मोदीले नेतृत्व गरेको एनडीएले २९५ ठाउँमा अग्रता लिएको छ भने राहुल गान्धी नेतृत्वको इन्डिया गठबन्धनले २३१ ठाउँमा अग्रता लिएको छ। अन्य पार्टीले भने १७ ठाउँमा अग्रता लिएका छन्।
भारतमा सरकार बनाउन २७२ सिट आवश्यक पर्छछ। सन् २०१९ को निर्वाचनमा बिजेपी एक्लैले ३०३ सिट जितेको थियो। कांग्रेसले भने ५२ सिट जितेको थियो। यो निर्वाचनमा बिजेपी तल खस्किएको छ भने कांग्रेसले दोब्बरले सिट संख्या बढाउने देखिएको छ।

तेस्रो कार्याकालका लागि प्रधानमन्त्री बन्ने निश्चित देखिए पनि प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीए गठबन्धनमा आबद्ध दलहरूलाई भने रिझाइराख्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीलाई भेट्न तयार भएका छन् । बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै मम्दानीले आफूसँग भेट्न समय मागेको कुरा ट्रम्पले उल्लेख गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘न्युयोर्कका कम्युनिस्ट मेयर, जोहरान मम्दानीले भेट्न आग्रह गरेका छन्। हामी यो भेटघाट शुक्रबार, २१ नोभेम्बरका दिन ओभल अफिसमा गर्न सहमत भएका छौँ। थप जानकारी ...
: बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले आफ्नी आमालाई दिइएको मृत्युदण्डसँग सम्बन्धित सबै कुरा गैरकानुनीरूपमा भएको बताएका छन्। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। यो फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। समाचार एजेन्सी एएनआईले शेख हसिनाका छोरा सजीब वाजेदसँग उनको सुपुर्दगी र बंगलादेशको राजनीतिक संकटमा भारतको भूमिकाको बारेमा ...
: अमेरिकाले संसारको सबैभन्दा उन्नत लडाकु जेट मानिने एफ–३५ लडाकु विमान साउदी अरबलाई बेच्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सलमानसँगको ह्वाइट हाउसको बैठकअघि पत्रकारहरूलाई यस्तो बताएका हुन् । ‘हामी एफ–३५ जेट बेच्नेछौं’, ट्रम्पले भने, ‘उनीहरू ठूलो सहयोगी भएका छन् ।’ यी दुई नेताहरूले मंगलबारको ह्वाइट हाउस भ्रमणको क्रममा रक्षा र नागरिक आणविक शक्तिसम्बन्धी सम्झौताहरूमा छलफल ...
। संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ...
: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण ...