मुख्य समाचार
जापानमा ६ म्याग्निच्युडको भूकम्पको धक्का
जापानमा ६ म्याग्निच्युडको भूकम्पको धक्का

: जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको छ ।


जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा १४ किलोमिटर गहिराइमा भूकम्प गएको थियो भने भूकम्पको केन्द्रविन्दु ३७.५ डिग्री उत्तरी अक्षांश र १३७.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

जेएमएका अनुसार भूकम्पका कारण सामुद्रिक छालमा केही परिवर्तन देखिन सक्ने तर सुनामी आउने र सुनामीजन्य क्षतिको सम्भावना छैन ।




जापान जनवरी १ मा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले नोटो क्षेत्र र वरपरको क्षेत्रमा धक्का दिएको र यसले सुनामी निम्त्याएको थियो । सुनामीका कारण २६० जनाको ज्यान गएको थियो भने एक हजार ४३३ जना घाइते भएका थिए । उक्त प्राकृतिक विपत्तिमा ७५ हजारभन्दा बढी घरहरू क्षतिग्रस्त हुँदा विस्थापित भएका तीन हजार ३०० भन्दा बढी विस्थापित मानिसहरू अझै पनि शिविरमा बसिरहेका जापानको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

स्थानीय प्रहरीका अनुसार सोमबारको भूकम्पले यसअघिको भूकम्पमा सबैभन्दा बढी प्रभावित शहर वाजिमामा पाँचवटा घरहरु क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण दुई जना घाइते भएका छन् ।

यस क्षेत्रमा भूकम्पको तीव्रता महसुस भएपछि धेरैजना नोटो प्रायद्वीपमा भूकम्पको परिणामबारे फेरि चिन्तित भएका छन्, यद्दपि भूकम्पसँग जुधेर काम गर्न बाहेक कुनै विकल्प नभएको वाजिमा सहरका ६४ वर्षीय एक बासिन्दाले बताए ।

प्रमुख ऊर्जा कम्पनीहरूका अनुसार इशिकावाको सिका आणविक उर्जा संयन्त्र तथा नजिकैको निगाता प्रान्तको काशीवाजाकी–कारिवा आणविक उर्जा संयन्त्रमा कुनै असहजता फेला परेको छैन ।

भूकम्पपछि जोयत्सु र होकुरिकु सिङ्कानसेन बुलेट ट्रेनको सेवा अस्थायी रूपमा स्थगित गरिएको पूर्वी जापान रेलवे कम्पनी एन्डिटेमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् । उनको शुक्रबार बिहान निधन भएको हो। दोस्रो विश्वयुद्धमा जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण उनी विशेष रूपमा चिनिन्छन्। सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत् जानकारी दिँदै लेखेकी छिन, 'जापानी राजनीतिको पिता मुरयामा तोमिचीको बिहान ११:२८ ...

टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानकी नयाँ प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टी (LDP) की अध्यक्ष ताकाइचीले आफ्नो कार्यकालको पहिलो ठूलो कूटनीतिक परीक्षा सामना गर्न लागेकी छन्। उनी अक्टोबर २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो शिखर बैठक गर्ने तयारीमा छन्। यस भेटका क्रममा ट्रम्पले जापानसँग रक्षा खर्च सकल गार्हस्थ उत्पादन (GDP) को ३.५% ...

ओसाका, अक्टोबर १० (न्युज अन जापान) — ओसाकाको नाकानोशिमा क्षेत्रमा अक्टोबर १० बाट एक अनौठो अनुभव सुरु भएको छ — “स्काई रेस्टुरेन्ट”, जहाँ पाहुनाहरूलाई जमिनबाट ४० मिटर माथि झुन्डिएर खाना र पेय पदार्थको मजा लिन मिल्नेछ। यो रेस्टुरेन्ट अनुभव जापानको कान्साई क्षेत्रमा पहिलोपटक ल्याइएको हो, जुन यसअघि बेलायत, फ्रान्स, जर्मनी, चीनसहित ६५ भन्दा बढी देशहरूमा ...

होक्काइडो, अक्टोबर १० (न्युज अन जापान) — जापानभर भालुको आक्रमण तीव्र रुपमा बढिरहेको छ। चालु आर्थिक वर्ष २०२५ मा भालुका आक्रमणबाट ज्यान गुमाउनेको संख्या सन् २०२३ को रेकर्ड स्तरमा पुगेको छ।
 
जापानको वातावरण मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार:
 
२०२३: २१९ पीडित, ६ जनाको मृत्यु
 
२०२४: ८५ पीडित, ३ जनाको मृत्यु
 
२०२५ (अक्टोबरसम्म): १०९ पीडित, ६ जनाको मृत्यु
 
यस वर्षको पहिलो छ महिनामै ...
टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानको वार्षिक प्रान्तीय आकर्षण (लोकप्रियता) सूचकाङ्कमा साइतामा प्रान्त पहिलोपटक अन्तिम स्थानमा पुगेको छ। यो नतिजा स्थानिय व्यवसायीहरूका लागि समेत आश्चर्यको विषय बनेको छ।
 
१७औं संस्करणमा पुगेको यो सर्वेक्षणमा २०२५ को सूची अनुसार होक्काइडो फेरि एक पटक सबैभन्दा आकर्षक प्रान्त घोषित भएको छ — सूचकाङ्क सुरु भएदेखि अहिलेसम्म लगातार शीर्ष ...