मुख्य समाचार
ट्वान्टी-२० विश्वकप क्रिकेट : नामिबियाले ओमानलाई सुपर ओभरमा हरायो
ट्वान्टी-२० विश्वकप क्रिकेट : नामिबियाले ओमानलाई सुपर ओभरमा हरायो

— ट्वान्टी-२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । बार्बाडोसको ब्रिजटाउनमा भएको समूह 'बी' को पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको हो ।


सुपर ओभरमा पहिले ब्याटिङ गर्दै नामिबियाले २१ रन बनाएको थियो । जवाफमा ओमानले १ विकेट गुमाउँदै १० रन मात्र जोड्न सफल भयो । सुपर ओभरमा नामिबियाको तर्फबाट डेभिड विजे र गेर्हार्ड इरास्मसले ब्याटिङ गरे भने ओमानका लागि बिलाल खानले बलिङ गरे । त्यस्तै सुपर ओभरमा ओमानका अकिब इलियास र जिसन मक्सुदलाई नामिबियाका डेभिड विजेले १० रनमै रोक्न सफल भए ।




ओमानले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएपछि खेल टाइ भएको हो । मेहरन खानको उत्कृष्ट बलिङपछि ओमानले ट्वान्टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नामिबियाविरुद्ध बराबरी गरेको हो ।

अन्तिम ओभरमा जितका लागि नामिबियालाई ५ रन मात्र चाहिए पनि एकपछि अर्को विकेट गुमाएपछि हार बेहोरेको हो । निकै नै किफायती बलिङ गरेका मेहरन खानले अन्तिम ओभरको पहिलो र तेस्रो बलमा २ विकेट लिए । त्यस्तै अन्तिम ओभरको दोस्रो बल डट फ्याँकेका उनले चौथो बलमा १ रन, पाँचौँ बलमा २ र छैँटौँ बलमा १ रन दिएका थिए ।

नामिबियाका लागि जेन फ्राइलिंकले ४५ रन बनाए । त्यस्तै निकोलस डेभिनले २४ रन बनाउँदा कप्तान गेर्हार्ड इरास्मसले १३ रन बनाए ।


ओमानका लागि मेहरन खानले ३ ओभरमा मात्र ७ रन दिई ३ विकेट लिए । त्यस्तै बिलाल खान, अकिब इलियास र आयान खानले १/१ विकेट लिए ।

यसअघि केन्सिंग्टन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटिएको थियो । ओमानका खालिद कैलले सर्वाधिक ३४ रन बनाए । त्यस्तै जिसन मक्सुदले २२, आयान खानले १५ र शकील अहमदले ११ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ४ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए । त्यस्तै डेभिड विजेले ३ विकेट लिँदा गेर्हार्ड इरास्मसले २ र बर्नार्ड स्कोल्जले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...