मुख्य समाचार
खेलमा सफल, राजनीतिमा असफल भाइचुङ : संसदीय चुनावमा छैँटौँ हार
खेलमा सफल, राजनीतिमा असफल भाइचुङ : संसदीय चुनावमा छैँटौँ हार

— भारतीय फुटबल टिमका पूर्वकप्तान भाइचुङ भुटिया सिक्किम विधानसभा चुनावमा पराजित भएका छन् । सिक्किम विधानसभा चुनावमा सिक्किम डेमोक्रेटिङ फ्रन्ट(एसडीएफ)का उम्मेदवार भाइचुङ बार्फुङ क्षेत्रबाट पराजित भएका हुन् ।

भाइचुङलाई सिक्किम क्रान्तिकारी मोर्चाका रिक्साल दोर्जी भुटियाले पराजित गरेका हुन् । रिक्सालले ८ हजार ३ सय ५८ मत प्राप्त गर्दा भाइचुङले ४ हजार १२ मत ल्याए ।


सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाले राज्यमा 'क्लिन स्विप' गरेको छ । विधानसभामा ३२ सिटमध्ये ३१ मा मोर्चा विजयी भएको छ ।

सन् २०१८ मा आफैं हाम्रो सिक्किम पार्टी खोलेका भाइचुङ गत नोभेम्बरमा मात्र पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको एसडीएफमा प्रवेश गरेका थिए । उनी एसडीएफका उपाध्यक्षसमेत हुन् ।

भाइचुङ भुटिया संसदीय चुनावमा पराजित भएको यो छैँटौँ पटक हो । उनी २०१४ मा तृणमूल कंग्रेसबाट दार्जीलिङ क्षेत्रबाट लोकसभा चुनाव लडेका थिए । त्यस्तै तृणमूलबाट २०१६ मा सिलिगुडीबाट पश्चिम बंगाल विधानसभा चुनाव पनि लडे तर उनी पराजित भए । त्यसपछि उनी सन् २०१९ मा सिक्किम विधानसभा चुनावमा ग्यांगटोक र तुमेन-लिंगी क्षेत्रबाट उम्मेदवार बनेका थिए । त्यस्तै उनी २०१९ को विधानसभा उपचुनाव मा पनि ग्यांगटोकबाट पराजित भए ।


भाइचुङ फुटबलमा जति सफल मानिए, राजनीतिमा त्यो सफलता पाएका छैनन् । भाइचुङले भारतीय राष्ट्रिय टोलीमा झन्डै १६ वर्ष एकछत्र राज गरेका थिए । सन् २०११ मा अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्न्यास लिएर बसेका उनी फुटबल एकेडेमी चलाएर बसेका थिए । भाइचुङले दिल्लीस्थित जवाहरलाल नेहरु रंगशालामा बायर्न म्युनिखसँगको खेलबाट सन्न्यास लिएका हुन् । उनले भारतका लागि १०० भन्दा बढी खेल खेलेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले भारतका लागि ४३ गोल गरेका छन् । उनकै नेतृत्वमा भारतीय फुटबल टिमले ३ पल्ट साफ च्याम्पियनसिपसमेत जितेको छ ।

तृणमूल प्रमुख ममता बनर्जीसँगको पारिवारिक सम्बन्धले उनलाई राजनीतिमा ल्याएको बताइन्छ । भाइचुङ राजनीतिमा आउनुअघि डान्स रियालिटी शो ‘झलक दिखलाजा’ मा पनि सहभागी बने । उनी तेस्रो संस्करणको विजेता पनि बनेका थिए ।

सन् १९७६ डिसेम्बरमा सिक्किममा जन्मिएका भाइचुङको फुटबल मोह सानैदेखिको हो । १६ वर्षको उमेरमा यिनले बंगालको चर्चित क्लब इस्ट बंगालवाट खेल्ने थालिसकेका थिए । इस्ट बंगालपछि अर्को चर्चित क्लब मोहन बगानबाट पनि उनले खेले । लगत्तै राष्ट्रिय टिममा अवसर पाए । युरोपेली क्लबहरूबाट खेल्ने पहिलो भारतीय फुटबल खेलाडी पनि हुन् भाइचुङ । १९९९ मा इङ्लिस क्लब बरीले उनीसँग ३ वर्षको सम्झौता गरेको थियो । फुटबलका यी हस्तीले सन् १९९८ मा अर्जुन पुरस्कार, २००८ मा प्रतिष्ठत पद्मश्री, २०१४ मा बंगला भूषणलगायतका सम्मान पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...